सल्यानमा नेकपाको पार्टी एकता बैठक तथा प्रशिक्षण सम्पन्न
सल्यान, असार १३
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)काे पार्टी एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सल्यान खलंगामा सम्पन्न भएको छ।
नेकपा सल्यान पार्टी एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय कार्य संयोजन समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाश ज्वालाले नवगठित जिल्ला कमिटीका सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको थियो।
जिल्ला संयोजक मानबहादुर मल्लको अध्यक्षता तथा सह-संयोजक रमेशकुमार गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश इञ्चार्ज चन्द्रबहादुर शाहीले जिल्ला कमिटी घोषणा गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी प्रदेश सहइञ्चार्ज टेकबहादुर बस्नेत, केन्द्रीय सदस्यहरू बसन्त शर्मा, रमेश मल्ल, कृतिबहादुर पुन, भद्रसिंह बुढा, जिल्ला इञ्चार्ज लोकबहादुर डाँगी तथा जिल्ला सह- इञ्चार्जहरू टिका बुढाथोकी, दिलमाया बुढामगर र निमबहादुर केसीले प्रशिक्षण तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै आगामी राजनीतिक कार्यदिशालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पार्टीले जिल्लाका १० नगर समिति तथा गाउँ समिति ईन्चार्ज, सह- इन्चार्ज तथा पार्टी संयाेजक र सह- संयाेजकाे जिम्मेवारी बाँडफाँड गरिएको छ।
कपुरकाेट :
ईन्चार्ज: तिर्थराज बस्नेत
सह-ईन्चार्ज: हरिलाल पुन
संयाेजक: याम बहादुर बस्नेत
सह- संयाेजक: शेर बहादुर पुन
कालीमाटी
ईन्चार्ज: ज्ञान्द्र के सी
संयाेजक: शालिक राम भट्टराई
सह- संयाेजक: कुमार राना
कुमाख
संयाेजक: डिल्ली बहादुर राना
सह- संयाेजक: राम कुमार शर्मा
दार्मा
ईन्चार्ज : अनन्त प्रसाद शर्माले
सह-ईन्चार्ज: दल बहादुर दाहाल
संयाेजक: दुर्गा बहादुर मल्ल
सह- संयाेजक: सीता नेपाली
छत्रेश्वरी
संयाेजक: हिमाल याेगी
सह- संयाेजक: याम बहादुर पुन
बागचाैर
ईन्चार्ज:भाेला प्रसाद केसी
सह-ईन्चार्ज: तिलक मल्ल
संयाेजक: शाेभाराम भण्डारी
सह- संयाेजक: रेशम भण्डारी
बनगाड कुपिण्डे
संयाेजक: दुर्गा बहादुर बुढाथोकी
त्रिवेणी
ईन्चार्ज: नेत्र प्रकाश पुन
सह-ईन्चार्ज: पुजा भण्डारी
संयाेजक: कुल बहादुर भण्डारी
सह- संयाेजक: अम्बर बहादुर थापा
शारदा:
ईन्चार्ज: खेम प्रकाश थापा
सह-ईन्चार्ज: नवीन भडेल
संयाेजक: माेहन लाल बुढाथोकी
सह- संयाेजक: डम्बर तिरुवा
सिद्ध कुमाख
ईन्चार्ज मनविर बस्नेत
संयाेजक: डिल बहादुर बाेहरा
सह- संयाेजक: तारा गीरी
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा