ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
वीर सहिद बलबहादुर बस्नेत र मुक्तबहादुर योगीको २४औँ स्मृति दिवस कार्यक्रम  गुराँसेमा सम्पन्न

वीर सहिद बलबहादुर बस्नेत र मुक्तबहादुर योगीको २४औँ स्मृति दिवस कार्यक्रम गुराँसेमा सम्पन्न

सल्यान ०८३ जेठ २९
वीर सहिद बलबहादुर बस्नेत र मुक्तबहादुर याेगीकाे २४ ओै स्मृति दिवस कार्यक्रम छत्रेश्वरी २ गुराँसेमा सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टी २ नं वडा समितिकाे आयाेजनामा आयाेजित कार्यक्रम वीर सहिद बलबहादुर बस्नेतकाे निवास गुराँसेमा सहिद बलबहादुर बस्नेत र मुक्तबहादुर याेगीकाे २४ ओै स्मृति दिवस कार्यक्रम छत्रेश्वरी २ गुराँसेमा सम्पन्न भएको हाे।
वीर सहिद बलबहादुर बस्नेतका सुपुत्र भद्रवीर बस्नेतकाे अध्यक्षता पार्टी जिल्ला समिति सदस्य लालबहादुर वली राेहितकाे सञ्चालन रहेकाे २४ ओ‌ै स्मृति दिवस कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य चित्रबहादुर केसी (भास्कर)काे प्रमुख आतिथ्यता,पार्टी प्रदेश सचिवालय सदस्य प्रेमबहादुर खड्का प्रभातकाे बिशिस्ट उपस्थिति रहेकाे स्मृति दिवस कार्यक्रममा पार्टी जिल्ला सल्लाहकार सदस्य प्रेमबहादुर बस्नेत परिवेश, एमाले जिल्ला समिति सदस्य तेजबहादुर याेगी,ढाँक बहादुर याेगी, वीर सहिद परिवारजन ललिता बस्नेत, पाेखर राज कवंर , जेष्ठ कम्युनिस्ट सदस्य जहरसिंह वली,रिताराम बस्नेत, दल बहादुर वली,ललित बिक,दलबहादुर वली
काे बिशेष उपस्थिति रहेकाे कार्यक्रममा पार्टी कार्यकर्ता र स्थानीयकाे उपस्थिति रहेकाे थियोे
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि, बिशिस्ट अतिथि,अतिथि सहिद परिवारजनहरुले सहिदहरूको तस्वीरमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको योगदानप्रति सम्मान व्यक्त गर्नुभएको थियोे ।
स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि चित्रबहादुर केसी भास्करले स्मृति दिवसको अवसरमा सहिद बलबहादुर बस्नेत र मुक्तबहादुर याेगी किसान बिद्रोहका नेता भएको बताउनुभयो।
२०५९ साल जेठ २९ गते आजैका दिन राज्यले चरम दमन गर्दै गुराँसेका किसानलाई गाेली हानी हत्या गरेर राज्यले राज्य आतंक मच्चाउँदा
गुराँस पुर्ण रुपमा खरानी भएको विगत र इतिहास नभुल्न पार्टी कार्यकर्ता,स्थानीय जनतालाई आग्रह गर्नु भयो।
गुराँसेकाे याेगदान बलिदान संग जाेडिएकाे सहिदकाे रगतले रक्तरंञ्जित बस्तीमा हुने सबैखाले षड्यन्त्र र जालझेलका विरुद्ध सधै चनाखो हुन अनुरोध गर्नुभयो ।
सहिद बलबहादुर बस्नेत र मुक्तबहादुर योगीकाे बलिदानबाट संघीयता, गणतन्त्र,धर्मनिरपेक्षता,समानुपातिक समावेशी व्यवस्था प्राप्त भएको जीकिर गर्दै सहिदको बलिदानबाट व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन नभएकोले सामाजिक न्याय र परिवर्तनका लागि फेरि सहिद परिवार,बेपत्ता याेद्धा परिवार, घाइते याेद्धा अपांगता याेद्धा क्रान्तिमा एकताबद्ध बनाउन पार्टी नेतृत्वलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि प्रेमबहादुर खड्का प्रभातले सहिदको योगदानको स्मरण गर्दै उहाँहरूको बलिदानलाई कहिल्यै बिर्सन नसकिने बताउनु भयो।
उहाँले भन्नुभयो स्मृति दिवस कार्यक्रमले सहिदहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने तथा उनीहरूको आदर्शलाई जीवित राख्ने काम गरेकाले याे जनयुद्धको जीवित इतिहास सबै सुन्न सुनाउन अध्ययन गर्न अनुरोध गर्नुभयाे।
सहिदहरूको सपना र आदर्शलाई व्यवहारमा उतार्दै समाजिक न्याय सहितको सुशासन र समृद्धिकाे यात्रामा आम पार्टी कार्यकर्ता जाेडिय मात्रै रूपान्तरणको अभियानलाई अगाडि बढाउन सकिने भएकोले सबै नागरिक अब रुपान्तरणकाे नयाँ बाटाेमा लामबद्ध हुन अपील गर्नुभयो

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता