वीर सहिद खडकाकाे २३ ओैं स्मृती सभा कार्यक्रम सम्पन्न
असार १७ सल्यान
वीर सहिद जय वहादुर खडकाकाे २३ ओैं स्मृती सभा कार्यक्रम सम्पन्न भएकाे छ।
दशवर्षे महान जनयुद्धकाे क्रममा सल्यानकाे दक्षिण क्षेत्रमा माओवादी आन्दाेलनलाइ विस्तार र विकासका निम्ति जनयुद्धको नेतृत्व गर्नुभएका नेता जय बहादुर खडका(क. विस्फाेट)काे २३ ओै स्मृति सभा कार्यक्रम उहाँकै निवास छत्रेश्वरी ४ ठुली खर्कमा सम्पन्न भएको हाे।
साविक झिम्पे गाविस वडान- ४ हाल छत्रेस्वरी वडा न.३ निवासी जय वहादुर खडका( क. विस्फाेट)काे माओवादी केन्द्र छत्रेश्वरी गाउँ समिति ४ नं वडाकाे आयाेजनामा पहिलोपटक स्मृती सभा कार्यक्रम सम्पन्न भएको हाे।
नेकपा( माओवादी केन्द्र) छत्रेस्वरी गाउँ समिती,सल्यानले महान वीर सहिदहरुकाे सम्झनामा वीर सहिद हरुकाे उच्च सम्मानका लागि सहादत भएकै दिन उहाँकै निवासमा स्मृति सभा कार्यक्रम आयाेजना गर्दै आएकाे छ।
सहिद परिवारजन सगै उहाँका आफन्त जनसंग शाेकभेटघाट गर्ने र सहिद परिवारका गुनासा सुन्ने र फेरि पार्टी सहिद परिवार बेपत्ता परिवार र घाइते अपांगता याेद्धा संग फर्कने र ०६४ काे अवस्था पार्टीलाई फर्काउन कार्यक्रम माओवादी केन्द्र छत्रेश्वरीले आयाेजना गर्दै आएकाे छ।
पार्टीले आयाेजना गरेकाे वीर सहिद जयबहादुर खडकाको १२ ओै स्मृति सभा कार्यक्रम हाे। छत्रेश्वरीमा जनयुद्धका क्रममा उच्च बलिदान गर्ने २४ जना वीर सहिदहरु हुनुहुन्छ ।
स्मृति सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज माेलाल चन्द नेकपा ( आधार) ( एस) का केन्द्रीय सदस्य हरि केसी नेकपा का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सेक्रेटरी तेजबहादुर खड्का( अनिल) माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा छत्रेश्वरी अध्यक्ष हिमाल यात्री जिल्ला समन्वय समिति सदस्य तथा छत्रेश्वरी पार्टी काेषाध्यक्ष गीताञ्जली भण्डारी, ,मदन चन्द नेपाली काँग्रेसका जिल्ला समिती सदस्य नजराज वली नेकपा( एमाले) जिल्ला समिती सचिवालय सदस्य नेव वहादुर खडका नेकपा( माओवादी केन्द्र) छत्रेस्वरीकी काेषाध्यक्ष गिताञ्जली भण्डारी,वडा न.३ का अध्यक्ष तिर्थराज दहाल लगायतका नेता कार्यक्रताहरुकाे सहभागिता रहेकाे थियाे।
#वीर सहिद खडकाकाे २३ ओैं स्मृती सभा कार्यक्रम सम्पन्नसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा