सहिद ईच्छुककाे २३ओै स्मृति दिवसको अवसरमा कैदी बन्दीलाई रेडियो वितरण
जेठ १३ सल्यान
कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा जिल्ला कारागार सल्यानका कैदी बन्दीलाई रेडियो वितरण गरिएको छ ।
सोमबार प्रेस सेन्टर नेपाल जिल्लाका शाखा सल्यानले कारागारमै पुगेर एक कार्यक्रमको आयोजना गरि रेडियो वितरण गरेको हो ।
कैदी बन्दीहरुलाई सूचना र मनोरञ्जनको माध्याम होस् भनेर रेडियो वितरण गरिएको प्रेस सेन्टर नेपाल सल्यानका जिल्ला अध्यक्ष सरिता चलाउनेले बताउनु भयो ।
उहाँका अनुसार रेडियोले सहि सूचना दिनुका साथै मनोरञ्जको माध्याम भएकाले सूचनाको पहुँच सबैका लागि सुनिश्चित गर्नको लागि रेडियो वितरण गरिएको हो ।
सहिद इच्छुकका स्मृतिमा गरिएको यसखाले कार्यले कारागारमा सकारात्मक वातावरण सिर्जना गर्ने र सूचना संचारको पहँच बिस्तार हुने अपेक्षा गरिएको छ ।
रेडियो वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य टिका बुढाथोकी, नेकपा माओवादी केन्द्र सल्यानका संयोजक मान बहादुर मल्ल, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रतीक इच्छुक शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश सदस्य इन्द्र बहादुर बुढाथोकी, जिल्ला कारागार सल्यानका प्रमुख भिम बहादुर घर्ती, प्रेस सेन्टरका सदस्यहरू लगायतका सहभागि रहेको थियो ।
कैदीबन्दीले सूचनाको पहुँचले आफूहरुको मनोबल बढाउने प्रतिक्रिया दिएका थिए । रेडियो वितरण कार्यक्रमको सञ्चालन प्रेस सेन्टरका नेपाल जिल्ला सचिव अमृत बाबु बुढाथोकीले गर्नुभएको थियो ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा