माओवादी केन्द्र र नेसपा बीच पार्टी एकता
जेठ १२ काठमाडौं ।
गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको छ।
सोमबार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबीच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रबीच पार्टी एकता भएको हाे।

एकता कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गर्नुभयो ।

साथै, उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबीच पाँच बुँदे सहमति भएको घोषणा गर्नुभयो ।
महासचिव गुरुङकाअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुने सहमति भएको बताउनुभयो ।

यस्तै उहाँले समाजवादी क्रान्तिका लागि परिस्थिति अनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्वन गरिने र तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने सहमति भएको बताउनुभयो ।
साथै पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रियता सैद्धान्तिक मान्यताअनुसार पार्टीलाई सञ्चालन गरिने र कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्तीमा छलफल गर्न सकिने सहमति भएको उहाँले जानकारी गराउनुभयो । महासचिव गुरुङकाअनुसार श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रिय सचिवको जिम्मेवारी दिइएको छ ।
श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब एक सय जना केन्द्रिय सदस्यहरू माओवादी केन्द्रमा समायोजन भएको बताइएको छ ।
#माओवादी केन्द्र र नेसपा बीच पार्टी एकतासामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा