मुख्यमन्त्री कडेललाई जन क्रान्तिका सहिद परिवार समाज कर्णाली प्रदेशको ज्ञापनपत्र
जेठ ८ सुर्खेत
जन क्रान्तिका महान शहीद परिवार समाज नेपाल, कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेललाई ज्ञापनपत्र बुझाएको छ
जनक्रान्तिक महान सहिद परिवार समाज कर्णाली प्रदेश समितिकाे आयाेजनामा आएक प्रदेश सरकारका मुख्यमन्त्री कडेललाई सहिद परिवारका समस्या गम्भीर हुन ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको हाे।
ज्ञापनपत्रमा शहीद तथा बेपत्ता योद्धा परिवारलाई सरकारको अभिभावकत्वमा राख्न, निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न, छात्रवृत्तिको व्यवस्था गर्न र शहीद परिवारलाई परिचयपत्र उपलब्ध गराउन माग गरिएको छ।
साथै, शहीद स्मारक, पार्क र सालिक निर्माणका लागि बजेट विनियोजन गरी कार्यान्वयन गर्न प्रदेश सरकारलाई विशेष आग्रह गरिएको छ।
उक्त ज्ञापनपत्र जन क्रान्तिका महान शहीद परिवार समाज नेपाल, कर्णाली प्रदेश समितिका अध्यक्ष दिलमाया बुढामगर र सचिव मुमन शाहीले संयुक्त रूपमा मुख्यमन्त्री कडेललाई बुझाएका हुन्।
#मुख्यमन्त्री कडेललाई जन क्रान्तिका सहिद परिवार समाज कर्णाली प्रदेशको ज्ञापनपत्रसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा