ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
एकीकृत समाजवादी सिद्धकुमाख गाउँसमिति अध्यक्षमा

एकीकृत समाजवादी सिद्धकुमाख गाउँसमिति अध्यक्षमा

जेठ ४ सल्यान

नेपाल कम्युनिष्ट पार्टी ‌ ( एकीकृत समाजवादी ) सिद्धकुमाख गाउँ समितिको अध्यक्षमा तारा गीरी निर्वाचित हुनुभएको छ।

विज्ञापन

सिद्धकुमाख गाउँसमितिको शनिवार सम्पन्न प्रथम गाउँसमितिको अधिबेशनबाट तारा गीरी अध्यक्षमा निर्वाचित हुनुभएको हो।

प्रथम गाउँ समितिबाट ३५ सदस्यीय  गाउँ समिति निर्वाचित गरेको अधिवेशनले उपाध्यक्षमा हुमलाल सुनार उपाध्यक्षमा खले सुनार सचिवमा उमा कुमार रेउले उपसचिवमा  निर्वाचित गरेको छ।

पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाकाे प्रमुख आतिथ्यतामा भएकाे उदघाटन कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि केसी पार्टी जिल्ला कमिटी अध्यक्ष रमेशकुमार गाैतम प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज शालिकराम वढाथाेकी जिल्ला कमिटी सचिव प्रेम वहादुर डागी जिल्ला कमिटी उपसचिव मनविर वस्नेत जिल्ला कमिटी सदस्य तथा अनेमसंघ (समाजवादी) जिल्ला अध्यक्ष हिरा चन्द लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।

जिल्ला कमिटी सदस्य तिर्थ धितालकाे स्वागत मन्तव्यवाट सुरू भएकाे उदघाटन कार्यक्रमकाे संचालन खलु चलाउनेले गर्नुभएकाे थियो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता