ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
वाइसीएल कर्णाली प्रदेश अध्यक्षमा लक्ष्मण वली

वाइसीएल कर्णाली प्रदेश अध्यक्षमा लक्ष्मण वली

जेठ १ सुर्खेत

याेङ्ग कम्युनिस्ट लिंग नेपाल कर्णाली प्रदेश समिति अध्यक्षमा लक्ष्मण वली निर्वाचित हुनुभएको छ।

विज्ञापन

माओवादी केन्द्रकाे सहायक संगठन याेङ्ग कम्युनिस्ट लिंग नेपाल कर्णाली प्रदेश समितिकाे प्रथम कर्णाली प्रदेश सम्मेलनबाट लक्ष्मण वली सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित  हुनुभएको हाे।

वैशाख २९ गते माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)काे प्रमुख आतिथ्यता तथा प्रदेशका शीर्ष नेताहरुकाे उपस्थितिमा  सम्पन्न भएको  प्रथम सम्मेलनले ७१ सदस्यीय प्रदेश समिति चयन गरेकाे छ।

जसकाे उपाध्यक्षमा प्रतिभा वली उपाध्यक्ष हंश बहादुर बस्नेत उपाध्यक्ष विशाल राेकाया उपाध्यक्ष,लाेकेन्द्र राना सचिव
प्रेम बहादुर नेपाली सह-सचिव दिपक बिष्ट सह- सचिव
लामन प्रसाद रिजाल सह- सचिव सुर्य फडेरा,प्रायाग राज दाहाल रमेश बुढाथोकी,कृष्ण शाही तथा तिलक प्रशाद पाण्डे काेषाध्यक्षमा चयन हुनुभएको छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता