सल्यानको त्रिबेनी गाउपालिकामा भैसी श्रोत केन्द्र स्थापना हुने

सल्यानको त्रिबेनी गाउपालिकामा भैसी श्रोत केन्द्र स्थापना हुने

सल्यान फागुन २६

सल्यानको त्रिबेनी गाउँपालिकामा भैसी श्रोत केन्द्र स्थापना हुने भएको छ।

विज्ञापन

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र स्थानिय कृषकहरुको लागत साझोदारीमा त्रिबेनी गाउँपालिकामा भैसी श्रोत केन्द्र स्थापना हुने भएको हो ।

भैसी श्रोत केन्द्र स्थापनाको लागी कार्यलयको ४० लाख रुपैयाँ र स्थानिय कृषकहरुको २३ लाख २६ हजार रुपैँया गरी ६३ लाख २६ हजार रुपैँयाको लागतमा ४० वटा मुर्रा जातका भैँसी खरिद गरि २० जना कृषकहरुलाई वितरण गरिएको हो।

जिल्लामा नै भैँसीको स्रोतकेन्द्र स्थापना गर्ने र दूधजन्य पदार्थमा जिल्ला लाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ भैँसी खरिदमा अनुदान उपलव्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।

भैँसीपालनका लागि राम्रो सम्भावना बोकेको फलावाङ क्षेत्रका कृषकहरुलाई भैँसीपालनमा व्यवसायिक बनाउन भैँसी खरिदमा अनुदान दिएर भैँसी वितरण गरिएको पशुु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिए।

भैँसी वितरण कार्यक्रममा त्रिबेणी गाउँपालिका वडानं.४ का वडाअध्यक्ष छविराज शर्मा, पशु अस्पताल तथा पशु सेवा कार्यालयका लेखापाल प्रेम बहादुर डाँगी, त्रिबेणी गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावत, समाजसेवी कुल बहादुर भण्डारी, पत्रकार उत्तर कुमार साहु लगाएतको सहभागिता रहेको बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता