दलित सेवा संघको सहयोग द्धारा जिवनशैली परिवर्तन गर्दैः दिल बहादुर

दलित सेवा संघको सहयोग द्धारा जिवनशैली परिवर्तन गर्दैः दिल बहादुर

सल्यान पुष २३

सल्यानको शारदा नगरपालिका वडा नं ६ का दिल बहादुर परियारले पुखौली ब्यबसाय सिलाइ कटाइ गर्दै आएका छन।

२छोरी ४ छोरा४ बुहारी १३ नाती नातिना श्रीमती सहित अहिले  परियारको घरमा २५ जनाको परिवार संख्या रहेको छ।

उनि अहिले ६० बर्षको भएका छन।

१२ बर्ष देखि पुर्ख्यौली पेशा सिलाइ कटाइ गर्दै आएका उनी परियारको ब्यबस्थापन देखि सबै जिम्मेवारी समाल्ने गरेका छन।

दिन भरीको श्रम बेलुका खाली हात श्रम अनुसारको रकम वाअन्न कहिल्यै समयमा पाएनान दिल बहादुर।

सिलाइ कटाइ ब्यबसायबाट मनग्ये रमक समाउने चाहाना र श्रम अनुसारको अन्न त पाएनान तर उनले औपचारिक रुपमा बिद्यालय पनि जान पाएनान।

दिनभरीको श्रम बालीघरे प्रथाले गर्दा परिवार पाल्नलाइ नै दैनिक रुपमा चुनौती हुने गर्थ्यो दिल बहादुर परियारको परिवारमा

बालीघरेबाट आएको अन्नबाट ३ महिना नै खाना नपुग्ने समस्याले परिवारका सबै सदस्य झै परियारलाइ दैनिक पिरोलो हुने गर्दथ्यो।

परियारको अरु ब्यबसाय गर्ने सोच त थियो तर वालीघरेबाट आएको अन्नले नत परिवार पाल्न सके नत ब्यबसाय गर्न सक्थ्ये।

उनको परिवारमा दैनिक के खाने भन्ने चिन्ताले नै परिवारमा सधै पिरोलो नै हुने गरेको बताउछन।

ब्यबसाय गर्ने सोच गरेका परियारले कुनै संघ संस्था तथा बितिय संस्थाबाट ऋण तथा कर्जा पाएनान।साहुको चर्को ब्याज लिएर ब्यबसाय गर्ने सोच गरेका उनि  साहुबाट ऋण नपाउदा झन दुखि भएको बताउछन।

साहुले चर्को ब्याज ऋण नपाउने समस्या समाधान गर्ने योजन बनाए परियारले।

स्थानिय बजारको माग र बजारमा खपत हुने बंगुरपालन ब्यबसायको ब्यबसायिक योजना बनाएका परियारले दलित सेवा संघ बाट बंगुर पालनकोको लागी माग गर्दा संस्थाको आयोजनामा सञ्चालित बिभेदमा पारिएका समुदाएको जीवीको पार्जन सुधार परियोजना लाइसेक चरण २ बाट केही सयोग प्राप्त गरेका उनले दलित सेवा संघको पहलमा टिसिपी साझेदारीबाट दलित महिला बहुउदेशिय कृषि सहकारी संस्था शारदा नगरपालिका छ बरला सल्यानमा पैसा सहयोग भएको थाहा पाए।

उनले सहकारीमा बंगुरपालनको माग प्रस्ताव राखे उनि पनि सहकारीको सदस्य भएकाले सहकारीको ऋण समितीबाट माग गरेको रु ८० स्वाकृती भयो।

बंगुर पालन ब्यबसाय गर्नको लागी रु ८०हजार ऋण प्राप्त गरे ऋण प्राप्त गरेको रकमले माउ २ गोटा भाले १ गोटा  र साना ८ गोटा बंगुर किनेर ब्यबसायिक बंगुर ब्यबसाय थालेका छन।

उनले छ महिनामा २ गोटा बंगुर मासुको लागी तथा ५ गोटा साना पाठा पाठी  बिक्रि गर्न सफल भएका छन।

साना ५ गोटा र भाले दुइ गोटा बंगुर बिक्रि बाट उनले  रु ८० हजार आम्दानी गरेका छन।

छ महिनामा रु ८० हजार आम्दानी गरेका परियारले अहिले थप ४ गोटा साना पाठा किनेर ब्यबसायलाइ बृद्धी गर्न थालेका छन।

सिलाइ कटाइ ब्यबसायबाट नगद त हात परेन तर राम्रो ज्यालादारी र अन्न प्राप्त गर्न नसकेका दिल बहादुरको अहिले जीवन शैली परिवर्तन हुन थालेको छ। उनको ब्यबसायको सहयोगी निकाय बिकास कोष नर्वे नेपाल प्रतिनिधी योगी कायस्थबाट अनुगमन गरिएको छ।

दिल बहादुर परियार अहिले उमेरले बृद्धा अबस्थामा पुगेपनि जवानी युवा जस्तै गरी ब्यबसायलाइ सञ्चालन गर्न सफल भएका छन।

एक वटा हाते सिलाइ मेसिन र कैचीबाट बालीघरे प्रथा काम गर्न बाद्य भएका परियार अहिले  एक सफल ब्यबसायी हुन सफल भएको बताउछन।

उनलाइ अहिले घरमा के खाने भन्ने समस्या छैन बरु ब्ययसायी कसरी बन्ने समस्या भएकाले उनले अहिले बंगुर पालनबाट घरका सबै सदस्यलाइ रोजगार दिने माध्यम बनाउन थाले पछि परिवारका ३ जना सदस्यले रोजगार पाउदा खाद्धन्न तथा दैनिक ज्याला मजुदुरी गर्ने समस्या सामाधान भएको बताउछन।

यसरी दलित समुदाय लक्षित कार्यक्रमबाट  दलित सेवा संघले दलित समुदायमा रहेका आर्थिक समस्या सामाजिक समस्या लाइ सामाधान गर्न टिसीएफ कोषले अहिले मजदुरी गरी खाने दलित समुदायको दैनिक फेरिएकाले नियमित गर्नु पर्ने सुझाएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता