ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दार्मा २ काे ठानागाउँ  टोल पूर्ण सरसफाई उन्मुख घोषणा

दार्मा २ काे ठानागाउँ टोल पूर्ण सरसफाई उन्मुख घोषणा

हिरालाल केसी ।जेठ १३ सल्यान

सल्यानको दार्मा गाउँपालिका–२ स्थित ठानागाउँ टोललाई आज एक विशेष समारोहका बीच पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ।

विज्ञापन

“सफा र स्वच्छ घर हाम्रो सान, पूर्ण सरसफाई उन्मुख टोल विकास संस्था हाम्रो पहिचान” भन्ने मुल नाराका साथ टोलबासीको सक्रिय सहभागितामा टोललाई स्वच्छता अभियानमा समर्पित बनाइएको हो।

‎समारोहमा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर के.सी. प्रमुख अतिथि रहनुभएको थियो। उहाँले टोलबासीलाई बधाई दिँदै स्वच्छता अभियानमा देखाएको प्रतिबद्धता र सफलताको प्रशंसा गर्नुभयो।

‎कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओली, वडा नं. २ का अध्यक्ष सार्की खत्री, वडा नं. १ का अध्यक्ष टंकबहादुर ओली, राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोटका व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र के.सी., शिक्षा शाखा प्रमुख प्रमोद विष्ट, कार्यपालिका सदस्य पुष्पाञ्जली मगर, लालबहादुर सुनार, वास इकाई संयोजक प्रकाशचन्द्र थापा तथा अन्य स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

‎कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष के.सी.ले टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गर्दै प्रमाणपत्र वितरण तथा सपथ ग्रहणसमेत गराउनुभएको थियो। ठानागाउँ टोल दार्मा गाउँपालिकामा यस्तै खालको सरसफाई उपलब्धि हासिल गर्ने दशौँ टोल बन्न सफल भएको छ।

‎कार्यक्रम मनिषा चनाराको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन धिरेन्द्र परियारले गर्नुभएको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता