ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरी ३मा १ महिने एडभान्स  सिलाईकटाई तालिम सम्पन्न

छत्रेश्वरी ३मा १ महिने एडभान्स सिलाईकटाई तालिम सम्पन्न

जेठ १३ सल्यान

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ दारिम ज्युलामा एक महिने एडभान्स कटाइ सिलाइ सम्बन्धी सीप विकास सम्बन्धी तालिम सम्पन्न भएकाे छ।

विज्ञापन

पालिकाकाे आयाेजनामा आर्थिक वर्ष २०८१/०८२काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम  अन्तर्गत  वडा नं ३ काे दारिमज्युलामा १  महिने एडभान्स सिलाईकटाई तालिम सम्पन्न भएको  हाे।

१ महिने एडभान्स सिलाई कटाई तालिम लिएपछि  तालिममा सहभागी प्रशिक्षार्थीहरुले आफूले सिकेको सीप र सिलाइ मेसिनलाई आम्दानीको माध्यम बनाउने अठोट गरेका छन।

तालिम समापन कार्यक्रममा  बोल्दै प्रशिक्षार्थी  रमा डाँगीले तालिमबाट जीवनमा केही गर्न सकिन्छ भन्ने हिम्मत आएको बताउँदै सिकेको सीपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाइन ।

छत्रेश्वरी गाउँपालिकाको आयोजनामा गत वैशाख १५ गतेदेखि सञ्चालित एडभान्स कटाइ सिलाइ सीप विकास तालिम मङ्गलवार सम्पन्न भएको हो ।

तालिममा सहभागी १३ जना महिलाहरूले सिलाइ मेसिनको दक्ष प्रयोगदेखि लिएर गला, बाउला, पाइपिङ, डिजाइन कुर्ता, पटेला सुरुवाल, चौबन्दी चोली, जेन्स स्कुल सर्ट पाइन्ट, म्याक्सी, पाइजामा आदि सिलाउने सीप सिकेका थिए । सहभागीहरूले तालिमलाई आफूहरूको जीवनमा परिवर्तन ल्याउने अवसरका रूपमा लिएको बताएका छन् ।

समापन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आत्मनिर्भर बनाउनु र सिपमार्फत जीविकोपार्जनमा सहयोग पुर्‍याउनु पालिकाको लक्ष्य भएको बताए ।

उनले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै पालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले महिलाहरू सक्षम भएमा त्यसको प्रत्यक्ष प्रभाव परिवार, समाज र समग्र गाउँपालिकामा देखिने बताउँदै कटाइ सिलाइ सीपलाई प्राथमिकता दिएर व्यावसायिक रूपमा अघि बढ्न सुझाव दिइन ।

कार्यक्रममा कार्यपालिका सदस्य पवित्रा डाँगी,  वडा सदस्य जयकली विक, उद्यम विकास सहजकर्ता निमा बस्नेत, प्रशिक्षक बसन्ती खड्का लगायतले सिपको महत्वबारे चर्चा गर्दै तालिम लिएका महिलाहरूलाई हौसला प्रदान गरेका थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता