बनगाड कुपिण्डे ९ मा जेष्ठ नागरिकहरुलाई सम्मान

बनगाड कुपिण्डे ९ मा जेष्ठ नागरिकहरुलाई सम्मान

असार १७ सल्यान

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ मा जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको छ।

बनगाड कुपिण्डे नगरपालिकाका नगर उपप्रमुख पुरुषोत्तम आचार्यको प्रमुख आतिथ्यतामा वडा नं ९ का वडा अध्यक्ष रुद्र परियारले ९ नं वडाका जेष्ठनागरिकहरुलाइ सम्मान गर्नु भएको हो।

बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक वर्ष ०८०।०८१ को बार्षिक स्वीकृत बजेट बाट वडाका जेष्ठ नागरिक अपांगता भएका व्यक्तीहरुलाइ सम्मान पत्र सहित सम्मान गरिएको हो।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा जेष्ठनागरिकहरुलाइ बलाङ्केट तथा अपांगता भएका ब्यक्तिहरुलाइ ह्वीलचियर तथा बैसाकी वितरण गरिएको  वडा अध्यक्ष रुद्र परियारले जानकारी दिनुभयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता