सल्यानका कमल बुढाथोकी बेपत्ता भएको १८  बर्ष सम्म बेखवर खोजीको पहल गरिदिन अपिल

सल्यानका कमल बुढाथोकी बेपत्ता भएको १८  बर्ष सम्म बेखवर खोजीको पहल गरिदिन अपिल

सल्यान फागुन २५ यादव उपाध्याय

सल्यानका कमल बुढाथोकी बेपत्ता भएको १८ बर्ष सम्म पनि घरपरिवार बेखबर भएका छन ।

विज्ञापन

 १६ बर्षको उमेरमा २०६० सालमा घरबाट एक्कासी निस्केका बुढाथोकी बेपत्ता भएको  १८  बर्ष सम्म  कुनै खबर नभए पछि खोजीको लागी पहल गरिदिन  उनका बुवा र आमाले अपिल गरेका छन।

 बेपत्ता भएका बुढाथोकी  शारदा नगरपालिका वडा नं ८ मार्केका  स्थायी बासिन्दा हुन।

परिवारको साहारा एक मात्र छोरा आउछ कि भनेर रात दिन सम्झेको १८ बर्ष सम्म बेखबर भएका उनका बुवा बोधी प्रसाद र आमा डम्वरी कुरमारी छोरा आउछ भन्ने आस  पालेर घरमा बसेका छन।

१६ बर्षको कलिलो उमेरमा बेपत्ता भएका बुढाथोकीलाइ पत्ता लगाउन हर प्रयास गरे पनि बोधी प्रसाद अहिले सम्म  बेखबर भएको बताउछन।

 घर बाट बेपत्ता भएपछी पीडा र बिलखबन्दमा परेका बुवा बोधी प्रसाद बुढाथोकी छोरो पत्ता लगाउन दौडधुप गर्न थालेको करिव १८ बर्ष पुगेकोछ।

बोधी प्रसादको एकमात्र चाहना बचेको छ छोरो जसरी पनि घर आओस भन्ने आस भने  मारेमा छैनान।

कमल भारतमा छ भन्ने हल्ला सुनेकोछु तर एकिन छैन”- बोधी प्रसाद भन्छन।

कमल कि आमा डम्वर कुमारीले छोराको पर्खाइमा निन्द्रा उडेको बताउछिन। उनि  भन्छिन”छोरो फर्किए मलाइ सवै पुग्छ”- उनको आग्रह छ।

बोधी प्रसाद र डम्वर कुमारीले छोरो भेटाइ दिएर घर फर्काउन सबैलाइ  आग्रह गर्दै सहयोग मागेका छन ।

 साथै भारतमा रहकेका दाजु भाइ तथा दिदी बहिनी तथा  भारतिय  एकता समाज समाजमा रहेका सल्यानी दाजु भाइ तथा  दिदी बहिनीलाइ कमल बुढाथोकीको खोजीको  लागी पहल गरिदिन घर परिवारले अपिल गरेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता