रुकुमका सुधिरको उपचारमा आर्थिक अभाव  सहयोगको लागी परिवारको आह्वान

रुकुमका सुधिरको उपचारमा आर्थिक अभाव सहयोगको लागी परिवारको आह्वान

माघ ९ रुकुम

रुकुमका सुधिर कुमार खड्काको उपचारमा आर्थिक अभाव भएको छ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर २ सिस्नेखोलाका सुधिरकुमार खड्काको उपचारका लागि आर्थिक अभाव हुदा उनको परिवारले सहयोगको लागी आह्वान गरेका छन ।

सर्वोच्च अदालतमा कार्यरत नायब सुब्बा खड्काको कलेजो र मृगौलामा समस्या आएपछि विगत एक महिना देखि ललितपुरको अल्का अस्पतालको आईसियूमा उपचार भइरहेको छ । 

उपचारका लागि ठूलो रकम आवश्यक भएपछि सहयोगको आह्वान गरिएको बताइएको छ।

अहिले उनको परिावरले सामाजिक सञ्जाल मार्फत खड्काका शुभचिन्तकहरुले सहयोगकको याचना गरिरहेका छन् ।

सहयोग समेत जुट्न सुरु तर उपचारमा धेरै रकम लाग्ने भएकाले पारिवारिक आर्थिक श्रोतले नपुग्ने भएकाले उनलाइ सहयोग गर्न आह्वान गरिएको हो। अहिले उनका आफन्त तथा , शुभचिन्तक लगायतले सहयोग गरिरहेका छन् । 


सकेको सहयोग गरेर उनको जीवन रक्षा गरिदिन सबैसामु अपिल गरिएको छ ।

सहयोगका लागि इच्छुकले बिरामी सुधिरकुमार खडकाको एन.एम.बी. बैंक काठमाडौं शाखामा रहेको खाता नम्बर ००१००४८६५४९०००११ मा सहयोग रकम जम्मा गर्न सक्ने बताइएको छ।

साथै थप जानकारी र सहयोगका लागि ९८४७८५२१६४, ९८५१२१८१८७, ९८४७७७७४८४ र ९८६६६०८६८९ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता