तेजेन्द्र कुमार चन्दकाे ३८ वर्षे जीवन भोगाईः कति सहज असहज र ३९ औं जन्मोत्सव

तेजेन्द्र कुमार चन्दकाे ३८ वर्षे जीवन भोगाईः कति सहज असहज र ३९ औं जन्मोत्सव

जुन गोठमा पानी र जाडोको त के कुरा त्यसैमा न्यानो कपडा पनि नभएको बुवाको च्यातिएको कोटमा लपेटेर रुखको नजिक दिन भर सुताउदै मुवाले भैंसीलाई ७-८ भारी घाँस काट्नु पर्ने, रातभर आकासका तारा देखिने स्याउलाको गोठमा ४ महनाको बच्चाको अवस्था के भयो होला । यससरी बुवा मुवाहरुले चिसोठाउँमा दु:खमा हुर्काएकोले पनि हुन सक्छ आज सम्म पनि चिसोको एलर्जी रहेको छ ।

२०७८ माघ ८ सल्यान

विज्ञापन

साविकको दमाचौर गा वि स वडा न‌ ३ दमाचौर हाल छत्रेश्वरी गाउपालिका वडा नं १ जन्मक्षेत्र दमाचौर तर हाल कर्मथलो शारदा नगपालिका वडा नं २ खलंगामा मा बस्दै आउनु भएका तेजेन्द्र कुमार चन्द प्रविन को ३९ औ जन्मउत्सोव कति सहज थिय या त कति असहज थिए।

बुवा खगेन्द्र प्रकाश चन्द र मुवा स्व. मन कुमारी चन्दको कोखबाट २०४० साल माघ ८ गते साँझ करिव ५ बजे सल्यान जिल्ला साविक दमाचौर गाविस वडा नं.३ हाल परिवर्तित छत्रेश्वरी गाउँपालिका वडा नं. १ फारुलीबोटमा ५ औं सन्तानको रुपमा जन्मेका हुन।

उनका बुवाहरु ३ भाई हुनुहुन्छ । ठुलोबुवा स्व.जगत बहादुर चन्द बाँके जिल्लाको शान्तिपुरमा कृर्षि पेशामा र  माइलोबुवा तुल बहादुर चन्द रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकामा ब्यवसाय गरेर बस्दै आउनु भएको छ भने उनको बुवा बुवा कान्छो भएकोले पनि होला पुर्खेउली घरमा कृर्षि पेशा गरेर बस्नु भएको छजग्गा जमिन धेरै थियो साथै ७ वटा सम्म भैंसीहरु हुने गर्दथे ।

दमाचौरमा भैंसीलाई घाँसको अभाव हुने बस्तुभाउ पाल्न सहज हुने हिसावले गाउँका थेरै जना मिलेर जथाग लेख नजिकै रोल्पा जिल्लाको सालिमे भन्ने ठाउँमा लग्ने गरिन्थ्यो ।

हाम्रो भैंसी पाल्ने ठाउँ त्यही सालिमे लेकमा जाने गरिन्थ्यो।

जहाँ अस्थाई रुपमा केही महिनाका लागी मात्र बस्ने भएकाले सेतारे भन्ने रुखका स्याउलाले बारेको गोठमा बस्ने प्रचलन थियो।

जुन गोठमा पानी र जाडोको त के कुरा त्यसैमा न्यानो कपडा पनि नभएको बुवाको च्यातिएको कोटमा लपेटेर रुखको नजिक दिन भर सुताउदै मुवाले भैंसीलाई ७-८ भारी घाँस काट्नु पर्ने, रातभर आकासका तारा देखिने स्याउलाको गोठमा ४ महनाको बच्चाको अवस्था के भयो होला । यससरी बुवा मुवाहरुले चिसोठाउँमा दु:खमा हुर्काएकोले पनि हुन सक्छ आज सम्म पनि चिसोको एलर्जी रहेको छ ।

उनले पाउने अवस्थामा पनि २०५० साल देखी २०५६ साल सम्म धेरै जसो बिहान ४ बजे लसुनेको जंगलमा गएर मुवा-बुवासँग सँगै दाउरा ल्याउन जाने गर्दथे।

पुस-माघको जाडो चिसोले पानी जमेको हुने गर्दथ्यो, बाटोभरी तुसारो ठक्क ठक्क परेर जमेकाले कहिलेकाँही तेही तुसारोमा चिप्लिएर लड्दा जाडोले काठ्याङ्गरिएका हातखुट्टा यति धेरै चोट लाग्ने लागेको थियो।

बिहान ७:०० देखि ८:०० बजे घर पुगिन्थियो । जंगलबाट हाम्रो घरसम्म पुग्दा गाउँमा अरु घर पर्दथे ति घरमा मकैका खाजा भुट्दै गरेको बासना नाखसम्म पुग्दा मागौ-मागौ जस्तो लागे पनि मागन सक्दैन थियो ।

कहिले काँही दाउराको भारीले च्याप्दा बाटो छोटो भए हुने भन्ने सोच आएको बेलामा बाटो झनै धेरै लामो हुने गर्दथ्यो ।

घरमा पुग्दा मकैका खाजा वा साँझ बचेका मकैका रोटी हुन्थिए । जुनकुराले पेट भरेर दिउसोको खाना पकाउने काम शुरु गर्नु पर्दथ्यो । किनकी मुवा स्याउला लिएर आए पछि गाई भैंसीलाई घाँस काट्नु पर्दथ्यो । म र मेरो कान्छो भाई रुपक चन्द खाना पकाएर खाना खाने अनि स्कुल जाने गर्द थियौं। यही निरन्तरतामा ६ कलास सम्म त भानुभक्त मा.बि. दमाचौरमा

त्यस पछी मेरो जेठो दाजु अर्जुन कुमार चन्द नेपालगंज बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र तहको पठाई पछि कालिका मा बि कोटमौलामा बिज्ञानको शिक्षक भएर जानुभयो र मलाई पनि त्यही स्कुलमा ६ कक्षाबाट ८ कक्षामा कलास अपग्रेड गरेर भर्ना गर्नुभयो।

त्यस पछि झनै दु:खका दिन शुरु भए ।

बिहानै खाना पकाएर खाएर ७:३० बजे दमाचौरबाट हिड्नु पर्ने १०:०० कोटमौला स्कुल पुग्न । साँझ स्कुल बिदा भए पछि कालिका मा.बि. नजिकैको सिम्तालको पसलबाट २ रुपैयाँको १ काँचको गिलास चिउरा र १ रुपैयाँको भेली किनेर खादै दमाचौर तिरको यात्रा तय गरिन्थियो । सधै पैसा हुदैन थियो, कहिलेकाँही त भोकै नै हिड्ने गरिन्थ्यो ।

एक दिनको कहानी छ मैले घरबाट बिहान पकाएको मकैको रोटी र हरियो नुन खुर्सानीको चटनी बोकेर लगे र सिन्दुरेको लामाचौर जुन स्कुल र घरको बिच भागमा पर्दथ्यो । त्यहाँ खरको बुटामा लुकाएर राखेर स्कुल गए साँझ फर्कदा खाने आशामा यति भौतारिदै छिटो-छिटो त्यस ठाउँमा आउदा दिउसो गाईगोरुहरुले खाई सकेका रहेछन।

रोटी राखेको पलाष्टिक मात्र त्यस ठाउँमा थियो । त्यो देखे पछिको भोक मेरो जीवनको पहिलो भोक नै होला सायद । कोमौला दरबार चुर्ण बहादुर चन्दको श्रीमती मेरो मुवाको भतिजीको घर भएकोले कहिलेकाँही धेरै गाह्रो भएको समयमा तेही दिजुको घरमा बसिन्थ्यो । उहाँहरुको सहयोग पनि धेरै रह्यो १ वर्षे पढाइका क्रममा ।

१ वर्षको कालिका मावि कोटमौलाको पढाई पछि पु:न भानुभक्त मावि दमाचौर मै कक्षा ९ मा भर्ना भए ।

पछी राम्रै पढाउने दाजुको सोच अनुसार ९ र १० कलासमा Opt. Math लगेर पढियो । हामी ६ जना मात्र थियौं Opt. Math लगेर पढ्ने त्यस मध्यका १ जना राजेन्द्र चन्द, जुन अहिले काठमाण्डौंमा इन्जिनयरिङ्ग कजेल लाउदै छन्, अर्का हुन आत्मदेव शर्मा जुन अहिले सिदार्थ होटेल टिकापुरका म्यानेजर छन्, अरु साथीहरु को कहाँ हुनु हुन्छ खासै सम्पर्क छैन् ।

सोचाई अनुसारको पढाई अगाडी बढेन, मध्यम स्तरबाट पढाई अगाडी बढ्यो । किनकी म दाजुको निगरानी भन्दा बाहिर र साथीहरुको साथमा रमाउन थालि सकेको थिए । बाँसको घारीमा बास बसेका चराहरु मार्न जाने । साथीभाईहरुसँग राती-राती नाँच हेर्न जाने जसमा अहिलेका चर्चित लोक गाएक नेत्र भण्डारी पनि एक थिए।

गाउँघरमा मकैको डाँट घारीमुनी लुकेर ख्वारख्वारे, जुट खेल्ने क्यारिम बोर्ड खेल्ने जस्ता बालापनका नराम्रा गतिबिधिमा पनि म कहिले काँही सरिक हुने गर्द्थे ।

जव २०५६ सालको SLC परिक्षा आयो मलाई अंग्रेजी बिषय लाग्यो । पु:नमा मैका परिक्षा दिएर पास गरियो ।

त्यस पछिको यात्रा नेपालगञ्ज तर्फ मोडियो । रिजल्ट नआइसकेकाले कलेज शुरु भएको थिएन । खाली समयमा सुर्खेतरोडमा अवस्थित लोकेन्द्र बहादुर चन्दको स्काईल्याण्ड कम्प्यूटर इन्स्टिच्यूटमा पहिलो दिन कम्प्यूटर सिक्न गए ।

त्यहाँ बिनिता मिसले कलास लिनु हुन्थियो । उहाँ जहाँ भए पनि सम्झ्को छु । उहाँले Typing  गर्न सिकाउनलाई जव किवोर्डमा हात राख्दिनु भयो म डराएर झाँक्री झै काँप्न थाले ।

सिक्न सक्दिन भनेर भागे पनि तर दाजुको डरले फेरी अर्को दिन डराइ डराई गए तर आज मेरो जीवन निर्वाहको स्रोत नै त्यही पेशा बनेको छ । जव कलेजको पढाई शुरु भयो त्यसपछि भेरी प्राविधिक शिक्षालयमा सेक्रेटरीयल कोर्षको पढाई शुरु भयो । तर कलेजको पढाईसँगै बाहिर इन्स्टिच्युटमा पनि निरन्तर कोर्ष गर्दै गरे।

१८ महिनाको सेक्रेटरियल कोर्ष पढाई सकिएर ओजेटीमा जन मात्र २ दिन बाँकी थियो जति खेर सल्यान घर भएकै कारण माओवादीको आरोमा जमुना चौकीमा ४ दिनको चिसो खाइयो ।

जति खेर यस्तै पौषको २७ वा २८ गते थियो । एक त चिसो ठाउँमा सुतिएको त्यसमा पनि त्यहाँका १ जना डिउटीमा खटिएका प्रहरी आएर रातभर पंखा लगाएर सताएको, आजको दिन अन्तिम हुन सक्छ राम्रो सँग खाना खाउ केटा हो भन्दै दिएको मानसिक तनाव पनि यादकर छ ।

जसरी भए पनि नेपालगञ्जको बसाईलाई लामो गर्नु थियो तर घरबाट बुवासँग पैसा नमागेर बस्नु थियो । त्यस कारण शुरुमा कम्प्यूटरमा हात बसालेको स्काईल्याण्ड कम्प्यूटर इन्स्टिच्युटमा प्रशिक्षकको रुपमा र नयाँ संरचना राष्ट्रिय दैनिकमा डिजाइनरको रुपमा काम गर्दै महेन्द्र बहुमुखी क्याम्पसको पढाई अगाडी बढ्यो ।

स्काईल्याण्ड कम्प्यूटर इन्स्टिच्युट जिल्ला शिक्षा नजिक सुर्खेतरोडमा थियो भने नयाँ संरचना राष्ट्रिय दैनिकको अफिस पुष्पलालचोक र धम्बोजी नजिक थियो । बिहान ५ बजे देखि कलास शुरु हुने भएकोले चिसो सिजनमा नेपालगंजमा अत्याधिक चिसो भए पनि हात कपाउदै पढाउनु जानु पर्दथ्यो । दिनभर कलास लगेर साँझ फेरी पत्रिकाको डिजनका लागी पुष्पलालचोक तर्फ नयाँ संरचनाको अफिस तर्फ लागिन्थियो ।

म सँगै रातभर न्युज डेस्कमा काम गर्ने पत्रकार मित्र हुनु हुन्थियो नाम भुले सायद हिमाल शर्मा जस्तो लाग्दछ । गोपीदाईको राती १२ बजे तिर जब फ्रन्ट पेज तयारी अवस्थामा हुन्थियो तब पहिलो पृष्ठखाली राख है धमाकेदार न्युज आउदै छ ।

प्राय जसो न्युज डेस्कको टेबलमा सुतिन्थियो भने कहिले काही त २ बजे तिर पिलेट निकालेर न्यूरोडमा अफसेट प्रेसलाई दिएर त्यही बाट बिहान ५ बजे कलास चलाउनु पर्ने कम्प्यूटर बिग्रिएकाले बनाउन राती २ बजे नै सुर्खेतरोड स्काइल्याण्ड कम्प्यूटर तर्फ पनि हिडियो ।

सायद २४ घण्टामा २० घण्टा त काम गरियो होला । यति धेरै दु:ख र थोरै घरको सहयोगमा इन्स्टिच्यूटको प्रशिक्षकबाट मालिक त भइयो तर नेपालगञ्जको सहरमा व्यापार गर्न धेरै लगानी गर्नु पर्ने । लगानीको अभावमा उक्त इन्स्टिच्युटबाट जोन धकेल्न धेरै भन्दा धेरै कुरा सिकियो तर पैसा मात्र जोड्न सकिएन । सधै पैसाको अभाव नै व्यहोर्नु पर्यो ।

२०५६ सालको एसएलसी परिक्षा दिन आउदा पनि दमाचौर रोल्पा नजिक घर भएका कारण द्वन्दकालमा २/३ पटक सम्म जिल्ला प्रहरी चौकी सम्म पुर्याइएको यादले पोलेको थियो ।

म घरबाट नेपालगञ्ज जान भनेर हिडेको थिए । त्यती खेर नेपालगञ्जका लागी बस श्रीनगरबाट जाने गर्दथ्यो । २०६२ सालमा युद्ध बिराम भएकोले श्रीनगरमा सगरमाथा होटलमा ब्याग राखेर जिल्ला सदरमुकाम खलंगाको मुहार हेर्ने रहरमा डाँडो तिर उक्लिएको व्यक्ति यही अल्मलिए । सल्यान खलंगामा पनि धेरै नै  संघर्ष गर्नु पर्यो ।

शारदा नेपालको जागिर, सानु आइटी सोलुशनको व्यवसयिक सहयात्राको सिकाईले जन्म दिएको नेटकम सोलुशन व्यवसाय र  जिल्ला बिकास समितिको २ वर्षे करार जागिर । करार जागिरमा म्याद थप्दाको पिडा, तत्कालिन जिल्ला बिकास समितिका लेखा अधिकृत मेरा अग्रज ओपेन्द्र बस्नेतको हौसला र मेरो छोरा प्रमेश चन्दको देवसानको पिडाले २०६९ साल पौष २९ गते निजामती सेवा प्रवेश गर्ने मौका मिल्यो । नेटकम सोलशुनको व्यवसायिक यात्रा र जिल्ला हुलाक कार्यालय, सिंचाई बिकास डिभिजन र जिल्ला निर्वाचन कार्यालय सल्यानसम्म जागिरे बन्दै गर्दा आज २०७८ माघ ८ गते ३८ वर्ष पुरा गरी ३९ वर्षमा प्रवेश गरेको छु ।

मलाई ९ महिनासम्म गर्भमा राखेर जन्म दिने, ४ महिनाको बच्चालाई रोल्पाको सालिमे जंगलमा घाँसको भारीसँगै बोक्दै, जुन सुकै सानो मिठो खाने कुरा हुदा पनि मलाई सम्झने र सधै तिमिलाई चिसोले गाह्रो हुन्छ ।

सधै काम काम मात्र नभन्न आफ्नो शरिरको ख्याल गर्नु भन्दै सम्झाउने मुवा नभएका कारण ३९ औं बर्ष जन्मोत्सवमा खुशी मनाउन पाएको छैन । हिजो जव मसँग मुवा होनुहुन्थ्यो त्यती खेर सधै म सँग दु:ख मात्र थियो ।

तर आज जव मैले शैक्षिक स्तरमा स्नातकोत्तर पुरा गरे, सानो स्तरमा भए पनि नेपाल सरकारको सरकारी जागिरमा छु, आर्थिक रुपमा थोरै भए पनि आफ्नो परिवारलाई पाल्न पुग्ने गरी व्यवस्थापन गर्न सकेको छु ।

अव सालिमे जंगलमा स्याउलाले बारेको गोठमा बस्नु पर्ने छैन । बिहानै लसुनेको जंगलमा तुसारोसँग लडिबुडी गर्नु पर्ने छैन, थोरधेर सबै कुरा छ तर आजको जन्म दिनमा मेरी मुवा हुनुहुन्न।

मुवा हजुर आज मेरो जन्म दिनमा भौतिक रुपमा उपस्थित नभए पनि हजुरबाट कुनै न कुनै रुपमा मलाई आशिरवाद प्राप्त हुने छ ।

यदी साँचिकै अर्को जन्म हुन्छ भने यस जीवनमा हजुरको सेवा गर्न नपाए पनि अर्को जन्ममा पु:न हजुरकै छोरा भएर जन्म लिई सेवा गर्ने अवसर प्राप्त होस् । हजुरको मृत्युबरणको समयका बोलीलाई म सधै आत्मसाथ गर्नेछु । हजुरको अन्तिम इच्छा बुवाको बानी राम्रो छैन हेला नगर्नु, दाईलाई नहार्नु भन्ने भनाईलाई म सधै आत्मसाथ गरेको छु।

मेरो बाल्यकाल देखी आजका दिन सम्म सधै सकारात्मक उर्जा दिनु हुने बुवा-मुवा,  मलाई प्राथिमक शिक्षा दिनु हुने गुरु स्व. श्री फौद बहादुर खड्का, स्व. श्री खगेन्द्र प्रकाश वली, लोकानन्द शर्मा, स्व. श्री खगेन्द्र बि.एम., हिरालाल न्यौपाने, खुशीराम बर्मा, युवराज ज्ञवाली, स्व. बादल श्रेष्ठ तथा नाम छुट्नु भएका सम्पूर्ण गरुवर्ग शिर झुकाएर उच्च सम्मान,  मेरा सम्पूर्ण इस्टमित्र आफन्त जन-अभिभावकहरु प्रति आदर प्रकट,  बाल्यकाल देखि ३८ औं वर्ष सम्मका सम्पूर्ण साथीभाईहरुलाई सम्झना ।

मैले सके सम्म कसैको नराम्रो चिताएको छैन र चिताउने पनि छैन् । तर मेरो पहिलो प्राथमिकता भनेकै आफ्नो काम हुने गर्दछ । त्यसैले आफुले गरेको काम राम्रो गरौं भन्दै गर्दा कहिले आफु भन्दा अगाडीका अग्रज, सहकर्मी र सहयोगीहरुमा कहि कतै तितो व्यवहार भएको भए म अन्तरमन देखि नै क्षमा चाहन्छु ।

मलाई मेरो जन्म दिनको उपलक्षमा अरु केही उपहार दिनु पर्दैन । बस कहि कतै हुजुरको मन दुखाएको भए क्षमा दिएर मलाई उपहार प्रदान गर्नुहोला । आजका दिन देखि सके राम्रो बन्ने प्रयास गर्ने छु । यदि सकिन भन पनि नराम्रो नबन्ने प्रण गर्छ ।

तेजेन्द्र चन्द प्रविन ! प्रकाशित मिती २०७८ साल माघ ८ गते

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता