जसुदा नेपालीलाइ घरमै  नागरिकता

जसुदा नेपालीलाइ घरमै नागरिकता

माघ ७ जाजरकोट

७३ बर्षिया बृद्ध जसुदा नेपालीलाइ घरमै पुगेर नागरिकता प्रदान गरिएको छ।

विज्ञापन

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ निवासी ७३ बर्षिय बृद्ध जसुदा नेपाली लाइ जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन।

शारीरिक रुपमा अपांग नेपाली जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पुगेर नागरिकता लिन नसक्ने भएपछि घरमै पुगेर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहको पहलमा घरमै पुगेर नागरिकता वितरण गर्दा नेपाली निकै खुशी भएकी छन् ।

शारिरिक रुपमा अपांग एवं वृद्धलाई घरमै पुगेर नागरिकता वितरण गर्दा नेपालीलाई राहत पुगेको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता