ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
डा. विष्णुमाया परियारलाई ‘२०२१ न्युजर्सी-११’ हिरोको सम्मान

डा. विष्णुमाया परियारलाई ‘२०२१ न्युजर्सी-११’ हिरोको सम्मान

पुष १९ सल्यान

सांसद मिक्की श्यारोलबाट डा. विष्णुमाया परियारलाई ‘२०२१ न्युजर्सी-११’ हिरोबाट सम्मानित भएकी छिन।

विज्ञापन

न्युजर्सीको ११ औं संसदीय डिस्ट्रिक्टबाट अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मिक्की श्यारोलले हिरो पहिचान कार्यक्रम ल्याएकी परियारलाइ हिरोबाट सम्मान गरेकी हुन।

परियारलाई हिरो सम्मानका लागि स्याण्डी हेकरले नोमिनेट गरेकी थिइन् ।

लैंगिक तथा घरेलु हिंशा कार्यक्रमकी संयोजक समेत रहेकी परियारले महामारीको बेलामा समुदायका लागि प्रेरणादायी भूमिका निभाएकी थिइन् । यसअगाडि कोरोना महामारीमा गरेको योगदानका लागि उनी विभिन्न संघ संस्थाहरुबाट सम्मानित समेत भइसकेकी छिन् ।

हालै परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समेत समावेश गरिएको थियो । स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षकथा समावेश गरिएको थियो ।

दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी मेयरका सल्लाहकार समितिमा रहेर समेत काम गरिन् । हाल उनी जर्सी सिटीको रोजगारी र तालिम समितिमा समेत सदस्य छिन् ।

परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका  ५० हजार महिला  र २३ हजार भन्दा धेरै बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिसकेको छ ।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित नेपाली सामाजिक अभियन्ता परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरिसकेको छ ।

१९९९ मा अमेरिका आएकी परियारले एक सेमेस्टर अंग्रेजी मात्र पढिन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । कलेजमा आएर पनि उनले टप गरिन् । उनी कलेजमा एक्सीलेन्ट पोलिटिकल साईन्स अवार्ड जित्न सफल भइन् । त्यतिमात्र होइन कलेज दिने प्रेसिडेन्ट कप अवार्डलगायत चार वटा उत्कृष्ट अवार्ड जित्न सफल भइन् । उनले त्यहिं पाइन म्यानर कलेजबाट २००४ सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याच्लरर्स डिग्री गरिन् । अध्ययन पछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायलेन्स एड्भोकेटको रुपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धि धेरै अनुभवहरु बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुराहरु सिक्ने मौका मिल्यो ।

परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । जुन अवार्ड विश्वका ६ जनाले मात्र पाएका थिए । त्यस्तै उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो, जुन विश्वका ११ जनालाई मात्र दिईएको थियो । त्यस्तै सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन विश्वका ६ जनालाई मात्र दिइएको थियो । त्यस्तै उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेडले सम्मान गरेको थियो ।

परियारलाई नेपाली कम्युनिटीका अधिकांश संस्थाले विभिन्न अवार्डबाट सम्मान गरेका छन् । उनीसँग सामाजिक न्यायका क्षेत्रमा कार्य गरेवापत ४० वटा भन्दा बढि अवार्डहरु छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता