जनवादी गायिकाको सुचिकृत बबई गाउँपालिका उपाध्यक्ष बिश्वकर्म सम्मानित

जनवादी गायिकाको सुचिकृत बबई गाउँपालिका उपाध्यक्ष बिश्वकर्म सम्मानित

मंसिर २३ दाङ

जनवादी गायिकाको रुपमा सुचिकृत बबइ गाउपालिका उपाध्यक्ष  सावित्रा बिश्वकर्म सम्मानित भएकी  छिन।

दलित सेवा संघको स्थापना कालदेखि दलित सेवा संघ बेदना सास्कृतिक परिवार दाङको सह संयोजक रुपमा काम गर्दै आएकी बिश्वकर्मलाइ मंसिर २२ गतेको निर्णयबाट उत्कृष्ठ श्रष्टाको रुपमा सुचिकृत गर्दै उत्सर्ग फिल्मस प्रा ली ले आयोजना गरेको एक कार्यक्रममा उत्कृष्ठ श्रष्टाको रुपमा लुम्बिनि प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सम्मानित गरेका हुन।

जातिय बिभेद तथा सामाजिक न्यायका लागी गित जनबादी गित संगितबाट जनचेतनाको बिकास गर्न सहयोग गरकी बिक जनबादी गाएकको रुपमा सम्मानित भएको यो पहिलो पटक हो।

कलाकार एबम एक्टरको भुमिकामा दखल राख्ने बिक हाल  बबई गाउँपालिका उपाध्यक्ष को रुपमा कार्यरत रहेकी छिन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता