टेबुल वर्क हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छः मन्त्री शर्मा

टेबुल वर्क हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छः मन्त्री शर्मा

फाल्गुन ३ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक प्रदेश उत्पादनको केन्द्र कर्णाली प्रदेश भएकोले टेबुल वर्क भन्दा फिल्ड वर्कबाट काम थालनी गर्नु पर्ने बताउनु भएको छ।

विज्ञापन

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णालीमा प्राङ्गारिक कृषि प्रवर्धनका लागि सरोकारवालाहरूको क्षमता अभिवृद्धि परियोजनाको उपलब्धि एवम् भावी कार्य दिशा विषयक गोष्ठी उद्घाटन गर्दै  मन्त्री शर्माले टेबुल वर्क भन्दा फिल्ड वर्कमा जोड दिनु पर्ने बताउनु भयो।

कर्णाली  प्रदेश अर्गानिक उत्पादनको केन्द्र भएकोले यसमा लगानी गर्ने संघ प्रदेश तथा स्थानीय सरकार तथा अन्तराष्टिय गैर सरकारी साझेदार संस्थाहरू र गैर सरकारी संस्थाहरूको बाटो फरक नभए एउटै गन्तव्य हुनु पर्ने बताउनु भयो।

मन्त्री शर्माले कर्णाली प्रदेशले कृषि उत्पादनमा आत्मनिर्भरता  बढाउँदै कृषि उत्पादनबाट नै रोजगार सृजना गर्ने परिकल्पना गरेकाले यसको कार्यान्वयन गर्न लगानी कर्ता एकठाउँमा उभिनु पर्ने जोड दिनु भयो।

चलनचल्तीबाट अब कर्णाली समृद्धिको यात्रामा पुरा नहुने भएकोले गैरसरकारी संस्थाले सफ्टवेयरमा काम गर्ने नेताले भाषणमा कर्मचारीले कागजमा काम गर्ने पद्धतिको अन्त्य गर्न सबैलाई एक ठाउँमा ल्याउने प्रयास थालेको जानकारी दिनु भयो।

लगानी कर्ताले लगानीको प्रतिफल उत्पादन र रोजगारमा भन्दा तथ्याङ्कमा बढी जोड गर्ने भएकोले अब टेबुल हैन फिल्डमा जानु पर्ने कागजमा भन्दा व्यवहारमा जोड दिन निर्देशन गर्नु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता