कर्णालीमा कृषि क्षेत्रकाे विकासका लागि जलवायु अनुकूलन मैत्री याेजना निर्माण हुन्छः मन्त्री शर्मा

कर्णालीमा कृषि क्षेत्रकाे विकासका लागि जलवायु अनुकूलन मैत्री याेजना निर्माण हुन्छः मन्त्री शर्मा

माघ १३ सुर्खेत

कर्णालीमा कृषि क्षेत्रकाे विकासका लागि जलवायु अनुकूलन मैत्री याेजना  निर्माण  हुने भएकाे छ।

विज्ञापन

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री  भीम प्रकाश शर्माले  दुई दिने प्राङ्गारिक कृषि तथा जलवायु अनुकूलन कृषि प्रविधिहरू विषयक अन्तरक्रियाकाे  समापन कार्यक्रममा प्रदेशकाे कृषि समृद्धिमा जलवायु अनुकूलन मैत्री याेजना  निर्माण  हुने बताएका हुन।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकाे आयाेजनामा  दुई दिने प्राङ्गारिक कृषि तथा जलवायु अनुकूलन कृषि प्रविधिहरू विषयक अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशकाे कृषि पशु तथा  मत्स्य लगाएका कार्यक्रमलाई एकीकृत गरी प्रदेशकाे कृषि समृद्धिमा  साझेदार संस्थाले  लगानी गरेता पनि  अर्थ पुर्ण नभएकोले प्रदेश संग समन्वय गरी बृहत याेजना निर्माण गर्न आबश्यक भएकाे शर्माकाे  भनाइ छ।

smart

जीवीकाे पार्जन तथा टुक्रे खेती प्रणाली बाट कृषिमा आत्मनिर्भता नहुने भएकाले यसका लागि चखलाबन्दी खेती गर्न किसानलाई प्राेत्साहन गर्दै    माैसम समय र उत्पादन मा जलबायु अनुकूलन मैत्री खेति प्रणालीमा जाेड दिने  शर्माले बताए।

कर्णालीका अरगानिक खाद्य बस्तु उत्पादन तथा उपभाेगमा मन्त्रालयबाट निती बनिसकेकाे भएता पनि यसकाे कार्यान्वयनका लागि छिटै  नियमावली निर्माण हुने  बताए।

कर्णाली उत्पादन हुने   रैथाने बालीकाे विकासमा जलवायु परिवर्तनले असर पारेकाले यसकाे अनुकूलन  संघ प्रदेश सरकार र स्थानीय सरकारले  संयुक्त रूपमा याेजना बनाएर लागु गरे जलवायु परिवर्तनलाइ  केही  न्युनिकरण हुने बताए।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता