ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
मन्त्री लामा लाइ सल्यानमा स्वागत

मन्त्री लामा लाइ सल्यानमा स्वागत

फागुन २१ सल्यान

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननिय छिरीङ डम्डुल लामा कार्चेन लाइ सल्यानमा स्वागत गरिएको छ।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी मा‌ओबादी केन्द्र शारदा नगर कमिटीको आयोजनामा नगर पार्टी कार्यलयमा मन्त्री लामालाइ स्वागत गरिएको हो।

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र दार्मा गाउपालिकाको बृहत पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन दार्मा जान लागेका लामा लाइ सल्यान जिल्लाको तर्फबाट सल्यानको श्रीनगरमा स्वागत गरिएको हो।

स्वागत कार्यक्रममा मन्त्री लामाले परिस्थीती बदलिएको यो बेलामा पार्टी र सरकारका विचमा रहेका केही समस्या सामाधान गर्न निती नेतृत्व बिचार लाइ एक रुपमा बनाउदै पार्टी निर्माणमा लाग्नु पर्ने बताएका थिए।

सरकार र पार्टीका बिचमा रहेर साझा रुपमा काम गर्ने सोच लिएर सरकारको जिम्मेवारी लिएकाले कर्णालीको बिकासमा कुनै पनि जिल्लालाइ बिभेद नगरी योजना र विकासका सन्दर्भमा काम गर्ने प्रतिबद्धता जनाएका थिए।

नगर कमिटी अध्यक्ष नविन सिहँ भडेल को अध्यक्षता स्वागत गरिएको कार्यक्रममा माओबादी केन्द्र प्रदेश सदस्य चित्र बहादुर केसी भास्करले सल्यान जिल्लाको पार्टी अबस्था र बर्तमान राजनैतिक विषय बस्तु सगै पार्टी र सरकारको सम्बन्ध बारे प्रकास

पारेको स्वागत कार्यक्रममा प्रदेश सदस्य मान बहादुर मल्ल छत्रेश्वरी गाउ समिती अध्यक्ष प्रेम बहादुर खडका सचिव हिमाल यात्री सहभागी भएको कार्यक्रममा वाइसिएल केन्द्रिय सदस्य प्रतिभा वली प्रदेश सदस्य धन बहादुर परियार प्रेस सेन्टर प्रदेश अध्यक्ष प्रतिक इच्छुक शर्मा नगरकमिटी सदस्य हरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव लिला बहादुर रोकाले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता