नेपाल निर्माण ब्यबसायी महासंघको १२औ अधिबेशनमा सल्यानका के सी को उमेरदवारी घोषणा

नेपाल निर्माण ब्यबसायी महासंघको १२औ अधिबेशनमा सल्यानका के सी को उमेरदवारी घोषणा

सल्यान फागुन २०

समृद्ध कर्णाली प्रदेश निर्माणका लागी युवा नेतृत्व पुर्वाधार विकासका लागी निर्माण ब्यबसायीमा आजको आबश्यक्ता भन्दै

विज्ञापन

नेपाल निर्माण ब्यबसायी महासंघको २३औ साधारण सभा तथा १२ औ अधिबेशनमा कर्णाली प्रदेशको तर्फबाट सल्यानका डिल्ली प्रकास के सी ले उमेरदवारी घोषणा गरेका छन।

यही फागुन २७ देखि २८ गते सम्म काठमाडौमा हुन लागेको ब्यबसायी संघको २३ औ साधारण सभा तथा १२ औ अधिबेशनका लागी केन्द्रिय सदस्यमा सामाजिक सञ्जाल मार्फत जानकारी गराउदै घोषणा गरेका हुन।

सल्यान जिल्लाको निर्माण ब्यबसायी संघमा २०६४ साल देखि प्रबेस गरेका केसी जिल्ला सह कोषाध्यक्ष मनोनित हुदै मध्यपश्चिम क्षेत्रिय निर्माण ब्यबसायी सं‌घ मा २०७० सालमा सचिवमा निर्वाचित भएका थिए।

देशको राजनैतिक परिवर्तन सगै भएको कर्णाली प्रदेश निर्माण ब्यबसायी महासंघको महासचिव तथा २०७६ सालमा कर्णाली प्रदेश निर्माण ब्यबसायी महासंघको अध्यक्षका प्रत्यासी भएका थिए।

सल्यान जिल्ला तथा कर्णाली प्रदेशमा निर्माण ब्यबसायीको हक हितका लागी काम गर्दै आएका केसी ले सल्यानका महत्वपुर्ण योजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न सफल भए सगै केसी निर्माण ब्यबसायीको एक मात्र उदाहरण बन्न सफल भएका निर्माण ब्यबसायी हुन।

केन्द्रिय सदस्य पदका उमेरदवारी के सी का यस्ता प्रतिबद्धता

१ साना तथा ठुला ब्यबसायी बिचको भिन्नता नछुट्याइ सामुहिक नेतृत्व प्रदान गर्ने।

२ कर्णाली प्रदेशको निर्माण क्षेत्रमा पहिचान दिने गरी ब्यबसायीको हितको लागी काम गर्ने।

३ महासंघका आबद्ध कर्णाली प्रदेशका १० वटै जिल्लाका निर्माण ब्यबसायीका समस्याहरु महासंघ मार्फत समधान गर्ने।

४ निर्माण क्षेत्रमा देखिएका ढिला सुस्ती र कमीकम्जोरी सच्याइ ब्यबसायी स्थापित गर्ने।

५ निर्माण क्षेत्रमा देखिएका खरिद नियामली सम्बन्धी समस्याहरु सामाधानका लागी पहल गर्ने।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता