ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सैनामैनामा ४५ दिने जुत्ता बनाउने तालिम सुरु

सैनामैनामा ४५ दिने जुत्ता बनाउने तालिम सुरु

बुटवल –सैनामैना नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको व्यवस्थापनमा ४५ दिने जुत्ता बनाउने (कालिगढ) तालिम सुरु भएको छ ।

‘सिप सिकौं आत्मनिर्भर बनौं ’ भन्ने मुल नाराका साथ दलित समुदायको सिप विकासका लागि आधारभूत जुत्ता वनाउने (कालिगढ) तालिम विहिवार सैनामैना ६ कलौनीको भगत सर्वजित प्रतिष्ठान भवनमा सुरु गरिएको छ ।

विज्ञापन

कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नगरपालीकाले दलित ,सिमान्तकृत र लक्षित समुदायको आर्थिक सशक्तिकरणका लागि बजेट व्यबस्थापन गरि विभिन्न सिपमुलक, उत्पादनमुक तालिमहरु दिई आर्थिक रुपमा आत्मनिर्भर बनाउन जोड दिइरहेको बताए ।
कुनै पनि काम ठुलो सानो नहुने भन्दै उनले जुत्ता बनाउने सिपलाई सम्मान गरि तालिम पछि सकेसम्म व्यक्तिगत नसके समुहमा मिलेर उत्पादनलाई जोड दिई आफ्नो आर्थिक स्थिति सुधार गर्न सहभागिहरुलाई आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथी सैनामैना नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गोपाल पोखरेले तालिममा सिकेका कुरालाई व्यबहारमा लागु गरि नगरपालीकाको लगानी खेर जान नदिई उद्यमशिलतामा अगाडि बढ्न सहभागिहरुलाई सुझाव दिए । उनले सहभागिहरुले उत्पादन गरेका सामग्रिहरुलाई बजार सम्म पुर्याउन वडाले समन्वयकारी भुमिका खेल्ने बताए ।

सैनामैना नगरपालिका कार्यपालिका सदस्य डोल बहादुर सुन्धौलीले तालिम लिगिसकेपछि गाउँ घरमा छिमेकि छिमेकि मिलेर समेत सानो लगानिमा सुरु गर्न सकिने भएकाले राम्रो सँग सिक्न जरुरी रहेको बताए ।

सैनामैना कपडा तथा सिलाई व्यावसायी संघका अध्यक्ष सन्तोष परियारले तालिमले स्थानिय व्यावसायिलाई जुत्ताका लागि चाहिने कालिगढ उत्पादन गर्न सके मात्र कार्यक्रम फलदाई रहने बताए ।

सैनामैना दलित उत्थान समितिका निवर्तमान अध्यक्ष अम्बिका परियारले तालिम तालिममा मात्रै सिमित हुन नहुने भन्दै सिप सिके पछि सानो लगानीमा भएपनि उत्पादनमा जोडिनु पर्ने बताईन ।

कार्यक्रममा सैनामैना नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास सभापति सुरज बराल, कार्यपालिका सदस्य माया बिक , वडा सदस्यहरु ,तिलक नेपाली, मित्र कुमार बुढाप्रिथ्रि, माया रसाइली लगाएतको उपस्थिती रहेको थियो ।

सैनामैनाका सवै वडाबाट १५ जना दलित युवा युवतीहरुको सहभागिता रहेको ४५ दिने उक्त तालिमको सहजिकरण जुत्ता व्यबसायी राम बहादुर वस्यालले गर्ने भएका छन् ।

कार्यक्रम सामुदायिक जागरण विकास मञ्च रुपन्देहीका अध्यक्ष राम वहादुर बिश्वकर्माको अध्यक्षता तथा सुमित्रा सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।