ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
महिलाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन सैनामैनामा ४५ दिने बुटिक तालिम

महिलाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन सैनामैनामा ४५ दिने बुटिक तालिम

 

बुटवल – रुपन्देहीको सैनामैनामा महिलाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले विगत देखि नै महिलासंग उपप्रमुख कार्यक्रम संचालन हुदै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै सोमबार देखि सैनामैनामा २५ जना महिलाहरुलाई ४५ दिने हाते कडाई तालिम सुरु गरिएको छ ।

विज्ञापन

कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले महिलाहरुलाई आत्मानिर्भर बनाउन र आयआर्जनमा लाग्न सहज होस भन्ने उद्धेश्यले पालिकाले बजेट बिनियोजन गरि बिभिन्न तालिमहरु संचालन गर्दै आएको बताईन । त्यसैले महिलाहरुले तालिम लिएपछि आयआर्जनमा जोडिएर आर्थिक रुपमा आत्मानिर्भर हुने तर्फ अग्रसर बन्न आग्रह गरिन ।

त्यस्तै, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले सिप भएको मान्छेले जहाँ गए पनि भोकै बस्नु नपर्ने भन्दै शैक्षिक योग्यता हासिल गरेको जनशक्तिले भन्दा धेरै आर्थिक उन्नति गर्दै आएको बताए । अहिले बजारमा सिपयुक्त दक्ष जनशक्तिको माग रहे पनि बजारको मागलाई पूरा गर्न नसकिएको भन्दै सीप सिकेर व्यबहारमा कार्यान्वयन गर्नुपर्नेमा सुझाब समेत दिए ।

सैनामैनाका वडा नं ६ का वडा अध्यक्ष गोपाल पाेख्रेलले पछिल्लो समय महिलाहरु घर व्यबहार सङ्गै आर्थिक उत्पादनमा जोडिएको भन्दै वडा र पालिकाले उनिहरुको आवस्यकता र माग अनुसारका कार्यक्रममा बजेट ब्यबस्थापन गरेको बताए ।

सैनामैना नगरपालिकाको आयोजना तथा ग्लोबल टेनिङ्ग सेन्टर सिद्धार्थनगरको ब्यवस्थापनमा रु .३ लाख ५० हजारको लागतमा ४५ दिने बुटिक तालिम सुरु भएको पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले जानकारी दिईन ।