समग्र खेलक्षेत्र विकासको लागि सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता

समग्र खेलक्षेत्र विकासको लागि सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता

 

बुटवल- नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सैनामैना ७ मा बन्दै गरेको गौतमबुद्ध स्टेडियम निर्माण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधवार रुपन्देहीको सैनामैनामा आयोजित सुनगाभा सैनामैना गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको समग्र विकासका लागि आफुले सधै सकरात्मक भुमिका खेलेको दावी गर्दै बजेट अभावमा निर्माणकार्य रोकिएका खेल मैदानहरुमा आफु सरकारमा हुदां उचित बजेटको व्यबस्थापन गरेर कामलाई अगाडि बढाएको समेत बताए ।

सैनामैना सञ्चालन भएको फुटवल प्रतियोगिताले स्थानीय खेलप्रेमि ,खेलाडी र सरोकारवालाई जोड्ने काम गर्नुका साथै आपसी सहयोग र भाईचारा बिस्तारमा थप टेवा पुगेको समेत बताए । खेलले युवालाई अनुशासन, सहनशीलता र आत्मविश्वास प्रदान गर्ने भन्दै उनले युवा अवस्थामा खेल प्रति रुचि राख्ने भएको स्थानीय स्तरमा थुप्रै प्रतियोगिता सहभागि भएको स्मरण समेत गरे ।

उनले खेल प्रतियोगिता आयोजना गरेर मुर्गिया फुटवल क्लवले खेल क्षेत्रको विकासमा ठूलो योगदान गरेको भन्दै आगामि दिनमा पनि यस्तै प्रतियागिताहरुलाईको आयोजना गरि निरन्तरता दिन सुझाव दिए । साथै उनले खेल क्षेत्रको विकासका लागि स्थानीय क्लवको एकल प्रयासमा भन्दा पनि सरकारले उचित बजेटको व्यस्थापन गरि युवाहरुलाई खेल प्रति आर्कषित गर्याउर्नुपर्नेमा जोड दिए ।