ओमसतियाको रामजानकी जमुहानी पोखरा ताल पार्कको प्रचण्डद्वारा शिलान्यास
बुटवल – नेकपा माओवादी (केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )ले रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नं ६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास गरेका छन् । पार्कको सिलान्यास गर्दै स्थानीयस्तरमा पर्यटन प्रवर्धन र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुगोस् भनेर ऐतिहासिक ताल, तलैया र पार्कको विकासलाई महत्व दिइएको बताए ।प्रचण्डले जमुहानी पोखरा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै,ओमसतिया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शिवकुमार धवलले पुर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वागतमा ओमसतियावासी उर्लिएको बताए । साथै उनले पाँच बिगाहा क्षेत्रफलमा फैलिएको पार्क र त्यहाँ रहेको ताल ओमसतियाको पर्यटनको प्रमुख गन्तब्य बन्ने सम्भावना रहेका यसको संरक्षण र प्रबर्द्धनका लागि सरकारका तिनै तहले सहकार्य गर्नुपर्नेमा जोड दिए ।तत्कालिन अर्थमन्त्री बर्षमान पुनको कार्यकालमा १ करोड २७ लाख बजेट विनियोजन भएको पार्क निर्माण र सौन्दर्यकरणको लागि ८८ लाखको बोलपत्र आह्वान स्वीकृत भएको छ ।
प्रतिकृया दिनुहोस्