ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नेकपा माओवादी (केन्द्र ) का अध्यक्ष दाहाल भोलि रुपन्देही आउदै

नेकपा माओवादी (केन्द्र ) का अध्यक्ष दाहाल भोलि रुपन्देही आउदै

 

बुटवल- नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) फागुन २८ गते भोलि रुपन्देहीमा आउने भएका छन्।
माओवादी (केन्द्र ) का रुपन्देही जिल्ला संयोजक नारायण जिसि ( निर्मल ) का अनुसार अध्यक्ष प्रचण्डको बुधबार २८ गते दिनभर रुपन्देहीमै व्यस्त कार्यतालिका रहेको छ। अध्यक्ष प्रचण्ड सहित पार्टी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन मगर (अनन्त ), उपमहासचिव जनार्दन शर्मा (प्रभाकर), सचिव चक्रपाणी खनाल (बलदेव), स्थायी समिति सदस्य एवं पूर्व सभामुख ओनसरी घर्तीमगर लगाएतका केन्द्रिय नेताहरुको समेत सहभागिता रहने छ ।

विज्ञापन

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको ओमसतिया गाउपालिका वडा न.६ का वडा अध्यक्ष शिव कुमार धबलले जानकारी दिए ।

रामजानकी पोखरीको शिलान्यासपछि  दिउँसो १ बजे अध्यक्ष प्रचण्ड बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि अध्यक्ष दाहाल बुटवल उपमहानगरपालिकाको समन्वयमा बुटवल उपमहानगरपालिका वडा न.३ ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्। ज्योतिनगर पहिरोको स्थलगत निरीक्षण गरी पहिरो नियन्त्रण तथा समस्या समाधानका लागि बिशेष पहल हुनेमा उपमहानगरले अपेक्षा लिएको छ ।

बुधबार अपरह्न अध्यक्ष प्रचण्डले सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रचण्डको उपस्थितिले खेल प्रतियोगितालाई मात्रै होइन समग्र सैनामैनाको गरिमा अझ बढ्ने र सैनामैनाको प्रचारप्रसारमा थप टेवा पुग्ने आयोजकको बिश्वास छ।

त्यसो त भोलि अध्यक्ष प्रचण्डको रुपन्देहीका बिभिन्न कार्यक्रमको सहभागीताले स्थानीय विकास, राजनीतिक गतिविधि तथा पार्टी सङ्गठन सुदृढीकरणमा सकारात्मक प्रभाव पर्ने माओवादी केन्द्र रुपन्देहिले जनाएको छ ।