मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बुधबार बुटवलमा हुँदै, अध्यक्ष दाहालले सम्बोधन गर्ने
- अम्बिका परियार
- २०८१ फाल्गुन २६
- 389 views
बुटवल – मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौ राष्ट्रिय सम्मेलन बुटवल हुने भएको छ । बुधबार बुटवलको ट्राफिक चोकमा हुने सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने मोर्चाले जनाएको छ ।
बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका अध्यक्ष गणेश सलामी मगरले मगर भाषा, संस्कृति र मगराँत भूमी हाम्रो शान समता, समृद्धि र सुशासनको लागि पूर्ण समानुपातिक निर्वाचन भन्ने नारासहित फागुन २८ र २९ गते सम्मेलन आयोजना गरिएको बताए ।
आदिवासी मगर सांस्कृतिक परम्परा अनुसार र्याली सहित उद्घाटन हुने सम्मेलनमा अध्यक्ष प्रचण्ड सहित पार्टी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनमगर अनन्त, उपमहासचिव जनार्दन शर्मा प्रभाकर, सचिव चक्रपाणी खनाल ुबलदेवु, स्थायी समिति सदस्य एवं आदिवासी जनजाति संयुक्त मोर्चाका इन्चार्ज तथा पूर्व सभामुख ओनसरी घर्तीमगर, आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक तथा मगर मोर्चाका इन्चार्ज सुरेश आलेमगर लगायतको उपस्थित हुने मोर्चाले जनाएको छ ।
उद्घाटन समारोहमा माओवादी पार्टीको सम्पूर्ण पदाधिकारी सहित सिंगो हेडक्वाटरले उपस्थिति जनाउने मोर्चाको बन्द सत्र भने दरबार लन पार्टी प्यालेसमा हुनेछ । बन्द सत्रमा ७ प्रदेश र विदेश विभागबाट गरि जम्मा १ हजार ५ सय जना प्रतिनिधि र प्रवेक्षकको सहभागिता रहनेछ ।
राष्ट्रिय सम्मेलनले मगर भाषा संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै सैद्धान्तिकरुपमा आत्मनिर्णयको अधिकार, मगराँत स्वायत्त प्रदेशको स्थापनासंगै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि खबरदारी गर्ने मोर्चाका प्रवक्ता जीवनप्रवेश रोकामगरले बताए ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्