पालिकाको दिगो विकासका लागि रिब्दिकोटले गर्याे बुटवलमा सुझाब संकलन तथा अन्तरक्रिया
बुटवल – पाल्पाको रिब्दिकोट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रुपन्देहीमा बसोबास गर्ने स्थानीय सरोकारवालाहरू र गाउँपालिकाबीच समग्र विकासका विषयमा सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले आगामी आर्थिक बर्षबाट गाउँपालिकाको प्राथमिकता शिक्षा र स्वास्थ्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । नागरिक शिक्षित र स्वस्थ भए मात्र उत्पादन र आर्थिक विकासमा ध्यान दिन सकिने भन्दै शिक्षित युवा शक्ति, स्वस्थ श्रमशक्ति, र उपयुक्त नीति तथा कार्यक्रमहरू लागू गर्न सके मात्र रिब्दिकोटको समृद्धि हाषिलको यात्रा सम्भव हुने उनीहरूको भनाई थियो ।
त्यस्तै, छलफलमा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गाउँपालिकाको समग्र विकासका लागि कृषि ,पर्यटन र यातायातलाई विशेष प्राथमिकता दिएको बताउदै स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार लगायतका विषयमा पनि पालीकाले सक्दो सकरात्मक सुधारको प्रयास गरेको बताए । अध्यक्ष कार्कीले रिब्दिकोट गाउँपालिकालाई समृद्ध बनाउन बुटवल केन्द्रित उद्यमी र व्यवसायीहरूको पनि उत्तिकै दायित्व रहेको भन्दै नयां भिजनका साथ बेला बेलामा पालीमा पुगरे झक्झक्याउनुका साथै विकासको साझेरदार बन्न समेत आग्रह गरे । उनले कृषि मार्फत युवाहरुलाई गाउंमा रोजगारी दिएको बताउदैं आगामि दिनमा उनिहरुलाई प्रोत्साहन गरि गाउंमै टिक्ने बतावरण सिर्जना गर्न विविध कार्ययोजनाका साथै बजेटको व्यबस्थापन गर्ने प्रतिबद्धता गरे ।
गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले अव आफनो गाउं भन्दा बाहिर रहेका नागरिकहरुले जन्मभूमिलाई सम्झेर गाउँ फर्किने अभियान सञ्चालन गर्नुपर्ने बताइन्। उनले रिब्दिकोटको समग्र विकासका लागि पालिका मात्रै लागेर केहि हुदैन त्यसका लागि पालिकामा बसोवास गर्ने नागरिक र अध्ययन वा रोजगारिको सिलशिलामा आफनो पालीका भन्दा बाहिर रहेका नागरिकहरुले आर्थिक ,भौतिक , नौतिक तथा व्यवहारीकरुपमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा गाउंपालिकाले अहिले सम्म गरेका कामको प्रगाति र आगामी योजनाहरु समावेश गरि कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले नागरिकका सुझावहरूलाई मध्यनजर गर्दै आगामि नीति तथा कार्यक्रम र बजेटमा समावेस गरिने बताए ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, र भौतिक पूर्वाधारको सन्तुलित विकासमा ध्यान दिए मात्र गाउँपालिकाले समृद्धि गर्ने जिकीर गरे ।साथै उनीहरूले पालिकाले बनाउने योजनामा स्थानीय जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गाउँपालिका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, व्यवसायी, समाजसेवी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्