समयमै घटना दर्ता नहुंदा राज्यको सेवा सुविधाबाट बञ्चित हुदै दलित समुदायका नागरिकहरु
बुटवल – बुटवल १७ मा बस्ने मिना बिक उमेरले अहिले ५० काटिन । उनले सानै उमेरमा भागेर विहे गरिन । विवाह पछि श्रीमान संगै बुटवलमा ज्याला मजदुरी गरेर बस्न थालिन । बुटवलमै बस्न थालेको पनि ३५ बर्ष पुगिसक्यो । यो विचमा उनले १ छोरी जन्माईन । श्रीमान श्रीमती मिलेर काम गरेकै कारण छोरीको लालनपालन र घर व्यबवहारमा कुनै कमि महसुस भएन । त्यसो त उनिहरु दुवैजना श्रीमान श्रीमतीको जन्मदर्ता र नागरिकता नभएका कारण छोरीको जन्मदर्ता बन्न सकेन । विस्तारै दिनहरु असहज बन्दै गहिरहेको बेला उनको श्रीमानको पनि निधन भयो । उनि एकल भईन । श्रीमानले उनलाई कहिल्यै पनि आफनो पुख्र्यौली घर लगेका थिएनन् । त्यसैले पनि मिना आफनो श्रीमानको घर बारे बेखवर थिईन । मिना भन्छिन ‘ श्रीमानलाई धेरैपटक घर जाउ पनि भनेकी थिए । तर उहांले कहिल्यै लैजानु भएन । हाम्रो घर र परिवार तिमी र म हो भन्नुहुन्थ्यो । उ बेला कुरै कुराले टार्नु भो ,अहिले सरकाले दिने सबै कुराबाट बञ्चित हुन पर्दा मन दुखेर आउंछ ।’ मिना संग आफनो नागरिकता नहुदा राज्यले दिने सेवा सुविधाको प्रयोग गर्न पाइरहेकी छैनन । आफुले कमाएको पैसा बैंकमा राख्न त परको कुरा हो स्थानीयस्तरमा रहेको सहकारी वा संघ संस्थामा समेत बस्न पाएकी छैनन ।
बुटवलकै शान्ति विकले पनि सानै उमेरमा विवाह गरिन । बाल विबाह गरेकै कारण १६ बर्षको उमेरका १ सन्तानलाई जन्म दिइ आमा बनिन् । अहिले उनि २० बर्षकी भईन । उनिसंग जन्मदर्ता,विबाहदर्ता र नागरिकता छैन । त्यसैले उनको छोरीको पनि जन्मदर्ता बनेको छैन् । उनका श्रीमानले छोडेर गए अर्थात अहिले सम्पर्क विहिन छन् । शान्तिले दैनिक ज्याला मजदुरी गरेर आफु आमा छोरीको दैनिकी चलाएकी छन् । शान्ति भन्छिन् ‘ पहिले पढ्न लेख्न पाईन । बुवाआमा काममा जादा घरमा भाइबहिनी हेरेर बस्नु पर्दथ्यो । पछि विहे भयो । बिहे गरेको १ बर्ष नहुदै छोरीको जन्म भयो । श्रीमानले छोडेर गए पछि झन जिम्मेवारी थपियो । श्रीमानको घर ठेगाना पनि थाहा छैन् । परिचय पत्र केहि छैन त्यसैले पनि घर न घाटको भएको छु जस्तो लाग्छ ।’
बुटवल कि माया दमाई उमेरले अहिले ५४ बर्ष पुगिन । उमेर नपुग्दै विबाह गरेका कारण उनलाई अहिले खुव पछुतो लाग्छ । उमेरमै श्रीमानले छोडेर गए । एकल महिला भएर सन्तानलाई हुर्काउने जिम्मेवारी तथा समाजले हेर्ने कुदृष्ट्रिलाई चिर्न निकै सास्ती भोग्नु परेको उनको अनुभव छ । नागरिकता लागि उनले स्थानिय सरकारले सँग धाइन्, तर श्रीमानको नागरिकता चाहिने र अन्य जिल्लाको भएपछि बसाइसराई चाहिने भनेपछि नागरिकता बाट बञ्चित भएको वताईन् । उनले बुटवलकै तिनाउं नदिमा गिट्टि कुटेर बालुवा चालेर आफना सन्तानलाई हुर्काइन । अहिले उनका छोरा पनि २३ बर्षका भए । छोराले पनि विबाह गरिसमेका छन् । उनको छोराको ४ बर्षकी छोरी छिन् । तर यि तिन पुष्ताकै जन्मदर्ता , बिहे दर्ता तथा नागरिकता केहि छैन् । माया भन्छिन् ‘ म जान्ने भए देखि यहि ठाउंमा बसेकी छु । सुकुम्बासी बस्तिमा बसेको बर्षाै भयो । देशमा ठुला ठुला परिवर्तन आयो ।चुनावका बेला सबैले हामीलाई नागरिकता दिन्छौं भन्छन् तर चुनाव जितेपछि कोही कसैले हाम्रा कुरा सुन्दैनन् । आखिर हाम्रा कुरा सुन्ने,समस्या समाधान गर्ने कोही हुने भएनन् । सरकारले दिने नाम र परिचय पत्र नभै मर्छु की जस्तो लाग्छ । ’ नागरिकता नहुदा विजुली ,खानेपानीको धारा , मोवाइलको सिमकार्ड प्रयोग गर्न नपाएको समेत उनले गुनासो गरिन ।
बुटवल २ बस्ने मिना मुसहरले पनि ज्याला मजदुरी गर्दा गर्दै माया प्रेममा परेर सानै उमेरमा विबाह गरिन । उमेरले भर्खर २५ बर्ष पुगेकी मिनाका २ छारा र एक छोरी गरि तिन सन्तान छन् । ३ बर्ष अगाडि उनका श्रीमान विते । दैनिक ज्याला मजदुरी गरेर जिविको गुजार्ने गरेकी मिनाको न त जन्म दर्ता छ न त विहे दर्ता नै । श्रीमानको बुवाआमाको पनि मृत्यु भैसकेको र श्रीमानको पनि नागरिकता नभएका कारण उनले अहिले नागरिकता त के कुरा राज्यले दिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न सकेकी छैनन् । फलस्वरुप उनका छोराछोरीहरु स्कुल जादैनन् । बरु बाटोमा बरारिएर हिड्ने गरेका छन् । मिना भन्छिन ‘सासु ससुरा र श्रीमान वित्नु भो । मेरो नागरिकता छैन त्यहि भएर छोराछोरीको पनि जन्म दर्ता भएन । स्कुलमा भर्ना गर्नका लागि जन्मदर्ता नहुंदा उनिहरुले पढ्न पाएनन् । सरकारले हामी जस्ता दुखी गरिवलाई हेर्दैन ।
बुटवल मै बस्ने सम्झना सुनारले ४ बर्ष अघि बिबाह गरिन । त्यतिबेला उनि १६ बर्ष की थिईन । पारिवारिक पृष्ठभुमि राम्रै छ । माध्यमिक तहको शिक्षा अध्ययन गरिरहेकी सम्झनाले विबाह गरेको २ बर्षमा छोरा जन्माईन । सम्झनाको उमेर नपुगेका कारण विहेदर्ता भएको छैन ।त्यसैले पनि उनको छोराको जन्मदर्ता बनेको छैन । छोराको जन्मदर्ता नबन्दा नेपाल सरकारले दलित समुदायको ५ बर्ष मुनिका बालबालिका लाई दिने पोषण भत्ता प्राप्त गर्न सकेका छैनन् । सम्झना भन्छिन ‘ सानै उमेरमा बिहे गरियो ।छोरा पनि जन्मियो । तर सरकारले दिने सेवा सुविधा प्राप्त गर्न सकेका छैनौ ।’ उमेर पुगेर विबाह गर्दा शारीरिक र मानसिक रुपमा आमा र बच्चा स्वस्थ हुनुका साथै सरकारी काम सहज हुने उनको बुझाई छ ।
परियार, विक र मुसहरहरु त एक उदाहरणका पात्र हुन् । समयमै घटना दर्ता नहुदा यस्ता समस्याहरु बुटवलमा मात्र हाईन देशभरि नै दिन प्रति दिन बढिरहेको बुटवल उपमहानगरपालीका बडा न.११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । अन्यत्र जिल्लाबाट बाल विबाह , अन्तरजातीय बिवाह ,बहुविबाह गरेर बुटवल आएर बस्नेको संख्यामा बृद्धि भएको भन्दै जव सम्म बसाईसराई र बालविबाह अन्त्य हुदैन तव सम्म यस्ता समस्याहरु बल्झीरहने उनको भनाई छ । बुटवलको सुकुम्बासी बस्तीमा यस्ता समस्या धेरै भएकाले दिनहु वडा कार्यालयमा आएर नागरिकले गुनासो गर्ने गरेको भए पनि कानुन भन्दा माथी केहि गर्न नमिल्ने भएका वडा सरकार मौन बस्नु परको उनले बताए ।
इलाका प्रशासन कार्यालय, बुटवलका प्रमुख रामचन्द्र अर्यालले वडाले सिफारिस गरेको आधारमा नेपालको संविधानले दिएको नागरिकताको प्रकारका आधारमा नेपाली नागरिकले नागरिकता पाउने बताए । नागरिकता सम्बन्धि विवाद समाधानका लागि स्थानिय सरकारले नै पहिलो पहल गर्नुपर्ने उनको भनाई छ । बढ्दो बसाईसराईमा रोक , बालविबाह लागाएत कानुनले बञ्चित गरेका गतिविधिलाई रोक्न स्थानिय सरकारले नै बार्षिक कार्ययोजना बनाएर काम गर्नु पर्ने र समयमै घटना दर्ता नगर्दा आफुमात्र होईन दिर्घकालिनरुपमा आफना सन्तानलाई समेत पर्ने असरका बारे टोल टोल सम्म सचेतनामुलक कार्यक्रम लैजानु पर्छ ।आफनो वडा र पालीकामा बस्ने नागरिकहरुको बारेमा जानकारी लिनु पर्ने स्थानीय सरकारको दायित्व भएकाले आफना नागरिकहरुलाई अधिकार सम्पन्न बनाउन संघिय सरकार संग नबाझिने गरि ऐन कानुन बनाई लागु गर्न सकिने उनको तर्क छ । साथै बाहिर हल्ला फिज्याए जस्तो नागरिकता वितरणमा कुनै समस्या नभएको भन्दै उनले संविधान र कानुनले दिएको आधारमा नागरिकता दिने गरेको बताए ।
प्रतिकृया दिनुहोस्