इडन मा. वि. नहरपुरमा विधार्थी स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
बुटवल – बुटवल ११ नहरपुरमा अवस्थित इडन माध्यमिक विधालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत वर्षको एसईई को नतिजामा इडन स्कुलले शत प्रतिशत नतिजा प्राप्त गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा विद्यालयका प्राचार्य शिवहरी भट्टराईले इडन मा. वि.रुपन्देहि जिल्लामा नै शतप्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउने विद्यालय भएको दावी गर्दै विद्यार्थीहरुको मेहनत र शिक्षक अभिभावकको प्रयासले उक्त नतिजा ल्याउन सफल भएको बताए । उत्कुष्ट नजिता ल्याएका विधार्थीहरुलाईले विधालयको नाम राखेकोमा धन्यवाद दिदै आगामि दिनमा अझै शैक्षिक रुपमा सफल बन्न शभकामना र शुझाव दिए । साथै उनले नव आगन्तुक विद्यार्थीहरुलाई पनि सोहि पथमा अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा उपप्राचार्य तथा +२ कोअर्डिनेटर जगत पौडेल , शिक्षकहरु शकुन्तला टण्डन,पार्वती न्यौपाने लगाएतले बोल्दै विद्यार्थीहरुलाई लगनशील भएर पढ्न र नजानेका कुराहरु शिक्षकसंग निर्धक्क भएर बुझन,सोध्न समेत आग्रह गरे । कक्षा ११ का तर्फबाट निशा अर्याल र एसईईमा उत्कृष्ट अङ्क प्राप्त गरेका छात्र हिरा श्रेष्ठ( निश्चित)ले समेत इडनमा सिक्ने शैक्षिक वाताबरण राम्रो भएकाले आफुहरुले इडन स्कुल रोजेको बताए ।
विद्यालयका पुर्व सन्चालक अर्जुन शाही ठकुरी, उप प्राचार्य कुशल बस्याल, शिक्षक शिव न्यौपाने,शिक्षक विधार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम कक्षा १२ का छात्र नवराज लम्साल को अध्यक्षता, कक्षा १२ कि छात्रा निलम यादव को सञ्चालनमा सम्पन्न भएको हो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।
प्रतिकृया दिनुहोस्