इडन मा. वि. नहरपुरमा विधार्थी स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
- ई प्रतिबिम्ब
- २०८१ पुष ६
- 873 views
बुटवल – बुटवल ११ नहरपुरमा अवस्थित इडन माध्यमिक विधालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत वर्षको एसईई को नतिजामा इडन स्कुलले शत प्रतिशत नतिजा प्राप्त गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा विद्यालयका प्राचार्य शिवहरी भट्टराईले इडन मा. वि.रुपन्देहि जिल्लामा नै शतप्रतिशत सहित उत्कृष्ट नतिजा ल्याउने विद्यालय भएको दावी गर्दै विद्यार्थीहरुको मेहनत र शिक्षक अभिभावकको प्रयासले उक्त नतिजा ल्याउन सफल भएको बताए । उत्कुष्ट नजिता ल्याएका विधार्थीहरुलाईले विधालयको नाम राखेकोमा धन्यवाद दिदै आगामि दिनमा अझै शैक्षिक रुपमा सफल बन्न शभकामना र शुझाव दिए । साथै उनले नव आगन्तुक विद्यार्थीहरुलाई पनि सोहि पथमा अगाडि बढ्न आग्रह गरे ।

कार्यक्रममा उपप्राचार्य तथा +२ कोअर्डिनेटर जगत पौडेल , शिक्षकहरु शकुन्तला टण्डन,पार्वती न्यौपाने लगाएतले बोल्दै विद्यार्थीहरुलाई लगनशील भएर पढ्न र नजानेका कुराहरु शिक्षकसंग निर्धक्क भएर बुझन,सोध्न समेत आग्रह गरे । कक्षा ११ का तर्फबाट निशा अर्याल र एसईईमा उत्कृष्ट अङ्क प्राप्त गरेका छात्र हिरा श्रेष्ठ( निश्चित)ले समेत इडनमा सिक्ने शैक्षिक वाताबरण राम्रो भएकाले आफुहरुले इडन स्कुल रोजेको बताए ।

विद्यालयका पुर्व सन्चालक अर्जुन शाही ठकुरी, उप प्राचार्य कुशल बस्याल, शिक्षक शिव न्यौपाने,शिक्षक विधार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम कक्षा १२ का छात्र नवराज लम्साल को अध्यक्षता, कक्षा १२ कि छात्रा निलम यादव को सञ्चालनमा सम्पन्न भएको हो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखेका थिए ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्