निर्माण व्यवसायी रुपन्देहीद्धारा मूल्यवृद्धि घटाउन माग

निर्माण व्यवसायी रुपन्देहीद्धारा मूल्यवृद्धि घटाउन माग

 

बुटवल – लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीद्धारा जिल्ला प्रशासन कार्यालय र सडक पूर्वधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि तत्काल तत्तकाल घटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन भने र पूर्वधार विकास कार्यालय रुपन्देहीले खरिद ऐन विपरित काम गरेको भन्दै अध्यक्ष मन्जु भुसालले बिज्ञाप्ती जारी गर्दै कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराएका छन।

निर्माण व्यवसायीहरूको अर्बौं रकम सरकारले भुक्तानी नदिएको अबस्थामा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन । अन्यथा मूल्यवृद्धि खारेज नभएसम्म सम्पूर्ण निर्माण व्यवसायीको निर्माण कार्यलाई रोक्न बाध्य हुने भन्दै निर्माण व्यवसायीको जोडदार माग गरेका छन ।

पछिल्लो समय सडक पूर्वधार कार्यालयले सिल्ड कोटेसनमा खरिद ऐन बिपरित रहेर काम गरेको कारण व्यवसायी संघले पूर्वधार कार्यालयमा मंगलबार ध्यानाकर्षण सहितको पत्र बुझाएको हो । पूर्वधार कार्यालयबाट विभिन्न मितिमा प्रकाशित तथा सिल्ड कोटेसनहरुको सुचनाहरु मध्ये २० लाख भन्दा तलको कोटेसनहरु पनि एनसिवि उल्लेख गरी निकालिएको देखियो सिल्ड कोटेसनको राजस्व रकम १ हजार हुने भएको र सो सिल्ड कोटेसनको राजस्व रकम पनि ३ हजार उल्लेख गरिएको र खरिद ऐनमा स्पष्ट उल्लेख गरिएको बुदाँहरुलाई त्यस कार्यालयबाट पालना नगरेको पाईएको हुदाँ सो सिल्ड कोटेसनलाई सिल्ड कोटेसनकै रुपमा प्रकाशित गरि खरिद ऐनमै आधारित रहि काम गर्न अनुरोध सहित व्यवासयीले ध्यानाकर्षण पत्र बुझाएका हुन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता