बिसे नगर्ची एकताको प्रतिक नेपालद्वारा वृक्षारोपण तथा शुभकामना आदानप्रदान
- ई प्रतिबिम्ब
- २०८१ आश्विन १९
- 517 views
बुटवल – बिसे नगर्ची एकताको प्रतिक नेपालद्वारा मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवल फुलबारीस्थित बिसे नगर्ची बाटिकामा वृक्षारोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
नेपालीहरुका महान चाडपर्वहरु विजयादशमी, शुभदीपावली, एवं छठ पर्व – २०८१ को अवसरमा फुलबारीको बिसे नगर्ची बाटिका सेड नम्बर – ९ मा बृक्षारोपण गरिएको हो । शुभकामना आदानप्रदान एवं बृक्षारोपण कार्यक्रममा बोल्दै मणिमुकुन्द सेन उद्यान संरक्षण समिति फुलबारीका अध्यक्ष माधव नेपालले बिसे नगर्चीको योगदान निकै ठूलो भएको स्मरण गरे । फुलबारीमा शाह बंशीय राजाको ऐतिहासिकता कायम रहेको भन्दै यसको संरक्षण र प्रचारप्रसार गर्नुपर्ने बताएका थिए ।
संस्थाका अध्यक्ष राम कुमार रणपालले नेपाल एकीकरणमा सहयोग गर्ने बिसे नगर्चीको योगदान निकै महत्त्वपूर्ण भएकोले उनको इतिहास जोगाउन आफुहरुले प्रयास गरिरहेको बताए ।मणिमुकुन्द सेन उद्यान संरक्षण फुलबारीका कार्यकारी प्रमुख अनन्तराज शिलवालले बिसे नगर्चीको घर गोरखासम्म पुगेर अध्ययन गरेको बताए। उनले बिसे नगर्ची फुलबारी आएको तथ्य प्रमाणीकरण गर्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका वरिष्ठ उद्योग अधिकृत मोहन परियारले यो संस्थाको उत्थान र विकासको लागि बजेट बिनियोजन गर्ने कार्यमा आफुले सक्दो सहयोग गरेको र गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, सचिव नारायण बिपी परियार, सल्लाहकार सुवर्ण कुमार रणपाल, कार्यसमिति सदस्यहरु जीवन परियार, शान्ता रणपाल र प्रेस सल्लाहकार कृष्ण रणपाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा बुवा स्व. टेक बहादुर परियार र आमा चित्रकला परियारको सम्झनामा बुटवल -७ दीपनगर निवासी छोराहरु शिव परियार र रामु परियारले संयुक्त रुपमा संस्थालाई १० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सेड नम्बर ९ मा बिसे नगर्ची बाटिका र उनको पूर्णकदको शालिक समेत निर्माण भईरहेकोले औपचारिक रुपमा समुदघाटनको तयारीमा रहेको छ ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्