संस्था स्थापना दिवसको अवसरमा आश्रममा खाद्यान्न सहयोग

संस्था स्थापना दिवसको अवसरमा आश्रममा खाद्यान्न सहयोग

 

बुटवल – मिजार समाज नेपाल रुपन्देहीले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा बुधबार बुटवल ११ प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ ।

मिजार समुदायको हक अधिकार र जातीय विभेदका विरुद्ध एकजुट हुनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ वि.सं २०५५ साल भदौ २६ गते पोखरामा स्थापना भएको हो । हाल यो समाज देशभर संगठन बिस्तार गरी समुदायको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

खाद्यान्न वितरण कार्यक्रममा वोल्दै प्रमुख अतिथि समाजका केन्द्रिय उपाध्यक्ष सुहा वहादुर नेपालीले पछिल्लो समयमा विभिन्न वाहानामा परिवारवाट अपहेलित भएर आश्रममा पुग्नेको संख्या धेरे रहेको भन्दै घरवारविहिन व्यक्ति तथा उनिहरुले आश्रय लिइरहेका आश्रमहरुमा राज्यको ध्यान जान जरुरी रहेको समेत वताए । समाजमा रहेका हानिकारक मुल्यमान्यताका विरुद्ध सचेत व्यक्तिले हातेमालो गरि अभियान चलाउनु पर्नेमा जोड दिदै संविधानमा लेखिएका कानुनलाई कार्यान्यनमा सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा प्रदेश अध्यक्ष जितु वौडेल, छव वहादुर नेपाली, रिना नेपाली, हेम कुमार नेपाली , समाजका सल्लाहकार हरि वहादुर वोमरेल लगाएतले मिजार समुदायले गर्दै आएको पेशा व्यवसायहरु संरक्षण गर्दै आर्थिक रुपमा सवल वन्नु पर्ने वताउदै कमाएको केहि रकम अनाथ, असाहय र आफु भन्दा पछाडि परेकाहरुको जीवन शैलीमा शुधार ल्याउन सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम डिल वहादुर नेपालीको अध्यक्षता, उपाध्यक्ष भगवता नेपालीको स्वागत तथा सचिव सिता रोकाहाको सञ्चालन सम्पन्न भएको थियो ।