मिलिजुली टोल विकास संस्थाको अधिवेशन सम्पन्न : अध्यक्षमा काफ्ले चयन
- जगलाल नेपाली
- २०८१ भाद्र १६
- 526 views
बुटवल – बुटवल उपमहानगरपालिका वाड नं. १९ मा रहेको मिलिजुली टोल विकास संस्थाको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सम्पन्न भएको छ ।
संस्थाको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वाड नं. १९ का वडा अध्यक्ष चन्द्रसिंह थापाले मिलिजुली टोल संस्था अन्य टोल विकास संस्थाहरु भन्दा फरक र अव्वल रहेको वताए ।
संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा सरसफाइमा राम्रो काम गरेकोले टोललाई सम्मान समेत गरेको समेत जानकारी दिदै आ.व. ०८०÷०८१ के वजेटमा वडामा करिव १० करोडको वजेट भित्रीएकाले विनियोजिज भएका टोल संस्थाले राम्रो काम गर्न सम्पुर्ण टोल संस्थालाई आग्रह समेत गरे ।
पछिल्लो समय बुटवलका हरेका वडालाई युवा मैत्री बनाउन प्रत्येक वडामा ३० प्रतिशत युवाहरुलाई सहभागिता गर्याएको वताए। उनले टोल संस्थाहरुले राम्रो काम गरेमा वडा वलियो हुने हुनाले जनप्रतिधि र टोल संस्था विच समन्वय गरेर अगाढी वढ्न समेत आग्रह गरे ।
त्यसै गरि वडा नं. १९ का वडा सदस्य लोकनाथ गोतामे, भुडकैया टोल विकास संस्थाका अध्यक्ष धन वहादुर थापा , अन्नपुर्णटोल विकास संस्थाका अध्यक्ष सोम वहादुर थापा, खिम वहादुर थापा लगाएतले वोल्दै टोल टोलमा वडावाट छुटिने वजेट समावेशि हिसावले हुनु पर्ने, टोलमा सिपमुलक तालिम, उद्घोषणका तालिम जस्ता कार्यक्रमको समेत माग गर्दै टोलहरु एक आपसमा हातेमाले गर्दै अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।
त्यसै गरि अधिवेशनबाट ऋषिराम काफ्लेको नेतृत्वमा ११ सदस्यीय समिति चयन भएका छन् । जसको उपाध्यक्ष पहलसिंह थापा, सचिव जगलाल नेपाली, कोषाध्यक्ष टिका तिवारी गौतम, सहसचिव गिरी प्रसाद भुषाल, सदस्यहरु मिरा वि.सी.,मिरा जोगी थारु, यम वहादुर राना, विकास सारु, विष्णु पराजुली, धर्म वहादुर राना निर्वाचित भएका छन ।
कार्यक्रममा कोषाध्यक्ष पहलसिंह थापाले प्रस्तुत गरेकोे आर्थिक प्रतिबेदन सभाले सर्वसहमतिले पारित गरेको थियो । कार्यक्रम डिल वहादुर थापाको अध्यक्षमा सचिव ऋषीराम काफ्लेको सञ्चालनमा भएको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्