सैनामैनाको कलौनीमा गौतम बुद्ध स्मारक पार्क निर्माण कार्य शुरु : नगर प्रमुख शर्मा द्वारा शिलान्यास
बुटवल – सैनामैनाको कलौनी चोकमा गौतम बुद्ध स्मारक पार्कको निर्माण कार्य सुरु भएको छ । दुधराक्ष युवा क्लबको पहलमा सैनामैना नगरपालिका वडा नं. ६ स्थिति कलौनी चोकमा भगवान गौतम बुद्धको स्मारक पार्क बनाउने भएको हो ।
मंगलवार सैनामैना नगरपालिकाका मेयर फणीन्द्र प्रसाद शर्माले गौतम बुद्ध स्मारक पार्क निर्माण कार्यको शिलान्यास गर्नुभयो । शान्तिको प्रतीक बुद्धको सन्देश दिन बुद्ध पार्कले लुम्बिनी र सैनामैनाको प्रचारप्रसारमा सहयोगी बन्ने बताए ।गौतम बुद्ध स्मारकपार्कले सैनामैनालाई लुम्बिनीसंग जोड्ने हुनाले पार्क निर्माणमा नगरपालिकाले साझेदारी गर्ने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै सैनामैना नगरपालिकाका उपप्रमुख विना गौतम बुद्ध स्मारक पार्क निर्माणले सैनामैनाको आकर्षण र विकासमा ठुलाे सहयोग पुग्ने भन्दै सबैको साझा प्रयासले सानो देखि ठुलाे काम गर्न सकिने उदाहरण दुधराक्ष युवा क्लबले दिएको बताईन ।
कार्यक्रममा लुम्बिनी प्रदेश पुर्व सासद फकारुदिन खान, सैनामैना नगरपालिकाका पुर्व नगरप्रमुख चित्र बहादुर कार्की, मानव अधिकार तथा शान्तिसमाजका पुर्व केन्द्रिय अध्यक्ष गोविन्द खनाल, सैनामैना नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गोपाल पोख्रेलले लगाएतले बोल्दै आफ्नो ठाउँ आफै बनाउ भन्ने अभियानमा लाग्ने हो भने पक्कै पनि सफल बनिन्छ भन्ने एक उदाहरण दुधराक्ष युवा क्लबले स्थापित गरेको भन्दै सन्देश बोकेको यस कार्यक्रमले सैनामैनाको समग्र विकासको निम्ति सबैजना एकजुुट छन् भन्ने सन्देश दिएको र आगामी दिनमा अझै यस्तै सकारात्मक कार्यमा जुट्न पनि आग्रह गरे ।
स्मारक निर्माणको लागी लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले भगवान बुद्धको मुर्ती निर्माण गर्नका लागि १ लाख ५० हजार रुपैयाँ यस अघि नै आर्थिक सहयोग प्रदान गरिसकेका छन ।
२२ लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा पाएको पर्राेहा विल्डर्सले डेढ महिनामा निर्माण सप्पन्न गर्ने दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोख्रेलले बताए ।
स्मारक १८ फिटको गोलाआकारको हुने छ भने बिचमा नेपालको राष्ट्रिय झण्डा सहित विश्व शान्तिका अग्रदुत भग्वान गौतम बुद्ध मुर्ति रहने उक्त स्मारकको डिपिआर ई उमेश काफ्लेले बनाएका हुन ।
शिलान्यास कार्यक्रम क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता ,उपाध्यक्ष सुनिल पोख्रेलको स्वागत तथा सचिब पदम पाण्डेको संचालनमा सप्पन्न भएको थियोे ।
प्रतिकृया दिनुहोस्