अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसद्धारा छात्रा भेला सम्पन्न
बुटवल – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) रुपन्देही स्थित बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समितिले छात्रा भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पुर्ण बामपंथी प्रगतिशालि देशभक्ति तथा जनतान्त्रिक बिधार्थीहरु एक जुट हौ भन्ने मुल नारा सहित शुक्रबार माओवादि केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा पूर्व सांसद दिपा बिकको प्रमुख अतिथ्यतामा उक्त छात्रा भेला सम्पन्न भएको हो ।
कार्यक्रमा बोल्दै बिकले यो देशको परिवर्तनका निमित्त ५० प्रतिशत महिलाहरु जनयुद्धमा होमिएकै कारण लामो सङ्घर्ष पछि मात्रै समाबेशी समानुपातिक प्रणाली आएको बताउनु भयो । अहिले यो देशको राष्ट्रिपति महिला बन्ने व्यवस्था पनि माओवादीको त्याग र बलिदानी नै आएको बताउदै बिध्यार्थीको हक हितका निम्ति बिध्यार्थीहरु सगँ सधै पार्टीले पनि थप समन्वय सहकार्य गर्ने बताउनुभयो ।
त्यस्तै प्रदेश सदस्य टिकावलीले अहिले सबैको यो व्यवस्था महिलाकै बलिदानीले आएको बताउदै संबिधानमा सुनिश्चित भएको हाम्रो हक अधिकारका लागी हामी सधै लागीरहनुपर्ने बताउनुभयो ।
त्यस्तै अध्यक्ष शिव बहादुर खवासले बिगतका दिनहरुमा पनि बिध्यार्थीका हरेक समस्या समाधान गर्दै अखिल क्रान्तिकारी अगाडि बढिरहेको बताउँदै अगामी दिनमा पनि यस क्याम्पस बिध्यार्थी अनकुलका बिभिन्न सृजनात्मक र रचनात्मक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।
उक्त छात्रा भेलाले बुटवल बहुमुखी क्याम्पस कमिटी ईकाइको छात्रा बिभाग प्रमुखमा सिर्जु आचार्यको नेतृत्वमा ३४ सदस्यीय विभाग गठन गरेको छ जसको उपप्रमुखमा भावना रेग्मी ,बिमला पोखरेल, सुस्मिता केसी ,शुसिला भण्डारी,सपना जिसी, सम्झना ज्ञवाली रहेका छन । सचिव सपना पुरी सहसचिवमा गोमा भण्डारी ,दिपिका न्यौपाने,कृष्ण विक रहेका छन भने त्यस्तै सदस्यमम मुना नेपाली, मनिषा पाण्डे, सृजना खरेल लगायत रहेका छन ।
उक्त भेलामा बिध्यार्थी नेतृहरु रिया बस्नेत , अम्बिका परियार , प्रदेश सदस्य ज्योति थापा ,बिष्णु ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस मुल ईकाई समिति अध्यक्ष शिव बहादुर खवास संगमको अध्यक्षता तथा सचिव किरण महत्तराको सञ्चालनमा सम्पन्न भएको थियो ।


















प्रतिकृया दिनुहोस्