बुटवलमा परियार सेवा समाजको प्रथम लुम्बिनी  प्रदेशस्तरीय भेला सम्पन्न

बुटवलमा परियार सेवा समाजको प्रथम लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न

‘देशभरका परियारहरु एकजुट हौं’ भन्ने उद्देश्यले स्थापित संस्था परियार सेवा समाज  लुम्बिनी प्रदेशको प्रथम भेला शनिबार बुटवलमा सम्पन्न भएको छ ।

खासगरी परियार सेवा समाजको पाचौं राष्ट्रिय सम्मेल सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेशस्तरीय भेला  आयोजना गरिएको हो । समाजका लुम्बिनी प्रदेश संयोजक कृष्ण रणपालको अध्यक्षतामा भएको कार्यक्रममा परियार सेवा समाजका निवर्तमान केन्द्रीय महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक धर्म परियारको प्रमुख आतिथ्यता रहेको थियो ।

विज्ञापन

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धर्म परियारले परियार समुदायका बन्धुहरुको हकहित, एकता र उत्थानको लागि देशभरका परियारहरु एकजुट भएर लाग्नुपर्ने बताए । २१ औं शताब्दीमा पनि सीप र  कलाले धनी परियारहरु राज्यका हरेक निकायमा अवसरबाट बञ्जित हुन परेको बताउँदै त्यसका लागि परियार समाजको आवश्यकता रहेको बताए ।

बुटवलमा भएको प्रथम लुम्बिनी स्तरीय भेलाले प्रदेश संयोजक कृष्ण रणपालको संयोजकत्वमा २७ सदस्यीय टिम चयन भएको छ । उक्त भेलाले यही साउनको १५ गतेभित्र सबै जिल्ला र प्रदेशमा अधिवेशन सम्पन्न गर्ने र भदौको १४ र १५  गते काठमाडौंमा भव्य समारोहका बीच समाजको  पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न हुनेछ ।

कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष तथा परियार समाजका लुम्बिनी प्रदेशका अभिभावक  रामकुमार रणपाल, कृष्ण घेले, जंग बुढापृथी, सरोज गौतम, सुवास परियार, सुवर्ण परियार, रामु परियार, लिला बागदास, राजु वराह र अरुणा  कोईरालाले बोल्दै परियार जातीको हकहित, उत्थान, संस्थागत एकता तथा  पेशागत संरक्षणका लागि देशभरका परियारहरु एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा परियार एकता संस्था बर्दघाटका अध्यक्ष चन्द्र रणपाल,  निवर्तमान अध्यक्ष तथा सल्लाहकार भोजराज रणपाल, शान्ता रणपाललगायतको सहभागिता रहेको थियो ।  परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण परियारले गरेका थिए ।