आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा राज्य संवेदनशिल हुन सरोकारवालाको आग्रह
बुटवल – नागरिक तथा राजनीतिक अधिकार केही प्राप्त भैसकेकोले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा थप काम गर्न सरोकारवालाहरुले इन्सेकलाई आग्रह गरेका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि रुपन्देहीमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व इन्सेक रुपन्देहीले असार १३ गते बुटवलमा आयोजना गरेको अर्ध वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन ।
समीक्षा कार्यक्रममा इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बि.सीले सन् २०२४ को जनवरी देखि जुन सम्म रुपन्देहीमा ३ सय ४२ ओटा मानव अधिकार उल्लंघन तथा ज्याजति सम्बन्धी घटना अभिलेख गरिएको जानकारी दिनुभयो ।
जसमा बालबालिका सम्बन्धी बलात्कारका २४ वटा, यौन दुरव्यवहारका ८ वटा गरी जम्मा ३२ वटा,महिला सम्बन्धी बलात्कार १३ वटा र बलात्कार प्रयास ३ वटा गरी जम्मा १६ वटा गरी जम्मा ४८ वटा रहेका छन् । मानव बेचविखन तथा ओसार पसारका ४ वटा, पारिबारिक हत्या २ वटा, बालक हत्या परिवार १ जना, बालक बलात्कार १ बहुविवाह २ जना, आत्माहत्या दुरुत्साहन २ जना र घरेलु हिंसाबाट २ सय ८२जनापीडित रहेको इन्सेकले अभिलेख गरेको छ ।इन्सेक रुपन्देहीले माथि उल्लेखित घटना बाहेक जिल्लामा ज्येष्ठ नागरिकलाई राष्टिय परिचय पत्र अनिवार्य गर्ने नाममा हैरानी खेपेको, वैदेशिक रोजगारीमा समस्या, सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्ति तथा माहिला र बालिका माथि सम्मानित र मर्यादित व्यवहार नभएको, किसानले समयमा मलखाद र वीउ नपाएको जस्ता समस्याहरु भएको, पछिल्लो समय साइवर क्राइमका घटनाहरु समेत बढन थालेको जनाएको छ ।
समिक्षा कार्यक्रममा मन्तव्य राख्दै इलाका प्रहरी कार्यालय डिएसपी विजयराज पण्डितले मानव अधिकारको संरक्षण, प्रवद्र्धनगरी पीडितलाइ न्यायमा पहुँच पुरयाउनका लागि प्रहरीले संवेदनशिल भएर अगाडी बढेको बताउदै प्रहरी अग्रह पंक्तिको रक्षक भएकोले मानव अधिकार प्रति गम्भीर रहेको बताउनु भयो ।
डिएसपी पण्डितले नेपाल प्रहरी मानव अधिकारको विषयमा गंभिर भएर अगाडी बढिरहेको बताउदै गैरराज्य पक्षबाट हुने घटनाहरु वढेकोले नागरिकलाई सचेत बनाउनुपर्नेमा अवका छलफलहरु तय गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीले शुन्य यातनामा विश्वास गरेको सोहीअनुसार अगाडी बढिरहेको बताउँदै सूचना दिने क्रममा दिनमिल्ने सूचना प्रहरीले दिने गरेको राज्यको अंग भएको कारणले आरोपित व्यक्तिहरुको मानव अधिकारको विषयमा पनि आफुहरु गंभिर भएर अगाडी बढेको बताउनुभयो । साधन श्रोतको हिसावले प्रहरीहरु अस्थायी युनिटको रुपमा राखिएकोले त्यसमा बजेट केही हुदैन् । पालो गरेर सुत्नुपर्ने बाध्यतामा प्रहरीले सेवा दिइरहेको बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले मानव अधिकारको सुचकांकको अवस्थालाई हेरेर धारणा बनाउन नहुने भन्दै मानव अधिकारको सवालमा खाद्यअधिकारका विषयमा अखाद्यवस्तुको मिसावट गर्नु मानवअधिकार विरुद्धको कार्य भएकोले यस्ता विषयमा पनि इन्सेकले अनुगमनलाई ध्यानदिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरेले जिल्लामा मानव अधिकारको अवस्थाको हिसावले दुईवटा पाटाबाट हेर्नुपर्ने भन्दै घटना नघटुन भन्नका लागि सचेतनाका कार्यक्रम संचालन र घटनाका आरोपितहरुलाई कानूनी दायरामा ल्याउने खालका कार्यक्रमहरु महत्वपूण रहेको बताउनुभयो । अध्यक्ष गैरेले जिल्लाको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिने निकाय जिल्ला प्रशासन कार्यालय भएकोले जिल्लाका मानव अधिकारकर्मीहरुको आधारभूत मानवअधिकारको प्रत्याभूत गराउन जिल्ला प्रशासन जवाफदेहि हुनुपर्ने बताउनुभयो । मागेर सेवादिन नसकिने भन्दै यसका लागि राजनीतिकदलको भूमिका राज्यलाई घचघचाउने भएकोले नेकपा एमालेको तर्फबाट मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि सधै सक्रिय र संवेदनशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राष्टियमानव अधिकार आयोग लुम्बिनी प्रदेशका मानव अधिकार अधिकृत दिपक ठाकुरले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक स्रोत पुस्तिकाको रुपमा रहेको बताउदै आगामी दिन माइन्सेकले विजनेश र मानवअधिकार सवालमा पनि अभिलेख गर्नुपर्ने बताउनुभयो । मानव अधिकारको विषयमा प्रगति उन्मुखभएको भन्दै मानव अधिकारको संस्कृतिको विकासका लागि समन्वय र सहकार्यलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।
इलाका प्रशासन कार्यालय बुटवलका प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले मानव अधिकारको विषय माइन्सेकले गरेको काम असाध्यै महत्वपूर्ण भएको भन्दै मानव अधिकारको सवालमा सबै सचेत र संवेदनशिल भएर अगाडीबढने र उठेका विषयहरुलाई सम्बन्धित निकायमा पठाउने बताउनुभयो । उहाँले राष्टिय परिचयपत्रको विषयमा मान्छेसँगै नागरिकता पनि पुरानो हुदै गएकोले प्रतिलिपि ल्याउन आउनेको संख्या बाक्लो भएकोले यस्ता विषयमा पनि हामीले सक्दो राम्रो सेवा दिने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका नगर उपसभापति ज्योतिभण्डारीले इन्सेकले लामो समयदेखि नागरिकको अधिकारको विषयमा सचेत गराउदै समग्र मानवअधिकारको अवस्थाको विषयमा प्रस्तुत गरेकोले आफ्नो पाटीको तर्फबाट सुधार गर्नुपनै विषयलाई सुधार गर्दे जाने र मानवअधिकारको विषयमा सचेत गराउने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले मानव अधिकारको विषयमा प्रमुख जिल्ला अधिकारी स्थानीयतहका सबै प्रमुखहरुलाई राखेर कार्यक्रम अलिक बृह्त रुपमा राख्नको लागि इन्सेकलाई आग्रह गर्नुभयो । उहाँले मानव अधिकारको विषयमा विभिन्न हिसावले बहस चलाउन इन्सेकका लागि सुझाव दिनुभयो ।
अधिवक्ता हेमा न्यौपानेले मानव अधिकारको क्षेत्र इन्सेकको महत्वपूर्ण भूमिका रहेको बताउदै स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुलाई हैरानी व्यहोर्नु परेकोले त्यस्ता विषयमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष समुद्र जि.सी.ले सेवा प्रवाह गर्ने ठाउँमा प्रहरीहरुले पनि धेरै दुखपाएर काम गरिरहेको परिस्थिती रहेकोले त्यस क्षेत्रमा पनि इन्सेकले अनुगमन गरेर सम्बन्धित निकायलाई जवाफदेहि बनाउन आग्रह गर्नुभयो । उहाँले शिक्षाको विषय स्थानीय सरकारको काबु बाहिरको अवस्थामा भएकोले यस विषयमा स्थानीय सरकारलाई दिनुले पनि समस्या भएको बताउनुभयो ।
मानव अधिकार निगरानी समूहका अध्यक्ष अधिकारकर्र्मी कमला भण्डारीले अस्पताल क्षेत्रमा अव्यवस्थित व्यवस्था माक्स , तरकारीहरु वेच्नेको घुइचो भएकोले यस्तो अवस्था भएकोले विरामी लगेर अस्पताल हिडेकालाई थपतनावबढेकोले यो विषयमा पनि इन्सेकले अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले सडक दुर्घटनाका घटनालाई पनि इन्सेकले अभिलेख गर्न जोड आग्रह गर्नुभयो ।
अधिकारकर्मी राधा अधिकारीले राज्यले दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था नगर्दा पनि अस्पतालमा विभिन्न समस्या आएको भन्दै यस्ता विषयमा पनि इन्सेकले अनुगमन गरेर राज्यलाई जवाफदेहि बनाउनु पर्ने बताउनुभयो । पालिकामा शिक्षाका लागि सरकारले दुइजना मान्छे र १३ वटा बुँदाहरु पठाएको भन्दै यस्तो अवस्थामा कसरी राम्रो शिक्षा हुनसक्छ । प्राविधिकलाई लगेर शिक्षा प्रमुख बनाइएको छ । यस्तो अवस्थामा उसले कसरी गुणस्तर शिक्षा दिन सक्छ अधिकारीले भन्नुभयो । होटल व्यवसायीले १० रुपैयाको पानी ५० रुपैयाँ बेचेका छन यसको विषयमा कसले कसलाई अनुगमनगर्ने हो यस्ता वेथितिका विषयमा पनि अनुगमन गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस्