एसईईमा सैनामैनाका कृतिमले ल्याए ४ जीपीए, सामुदायिक विधालयतर्फ जिल्ला प्रथम

एसईईमा सैनामैनाका कृतिमले ल्याए ४ जीपीए, सामुदायिक विधालयतर्फ जिल्ला प्रथम

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसइई)को नतिजामा सैनामैनाका कृतिम भट्टराई नेपालमै सर्वोकृष्ट नतिजा ल्याएर जिल्ला प्रथम हुन सफल भएका छन् ।

विहिबार राष्ट्रिय परीक्षा बोर्ड कार्यालयले प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसइई)को नतिजामा रुपन्देहीको सैनामैनामा अवस्थित रामापुर माध्यमिक विधालयका छात्र कृतिम भट्टराई ४ जिपिए (4GPA) सहित नेपालमै सर्वोकृष्ट नतिजा ल्याएर सामुदायिक विधालयतर्फ जिल्लामा प्रथम हुन सफल भएकाे विधालय जानकारी गराएको छ ।

विद्यालयले दिएको जानकारी अनुसार सोही विधालयबाटै हिमाल कंडेल ३.८६ जिपिए, प्रतीक्षा खत्री ३.८३ जिपिए, धर्मराज घिमिरे ३.७७ जिपिए, रहुल गिरि ३.७३ जिपिए र सुबिन घिमिरे ३.७०जिपिए अंंक प्राप्त गरेका छन् ।
एसईइईमा सो विद्यालयबाट सहभागि १८० जना विद्यार्थीमध्ये A ल्याउने ४९ जना सहित १२३ जना उतिर्ण भएका छन् भने ५७ जना नन ग्रेड( अनुत्तीर्ण ) भएका छन् ।
एसईईमा प्रथम भएका कृतिम भट्टराईले एसईईमा नेपालभरमै सर्वोकृष्ट तथा जिल्ला प्रथम हुँदा खुसी लागेको बताएका छन् । ‘सामुदायिक स्कुलमा पढेर पनि जिल्ला प्रथम हुँदा खुसी लागेको छ’ उनले भने । विधालयको शैक्षिक वातावरण, विधालयले प्रदान गरेको गुणस्तरीय शिक्षा र अनुभवी शिक्षकहरुले देखाएको मार्गदर्शन र परिवारको साथ सहयोगले नै आज यो सफलता हासिल गरेको हु ।
कृतिमले भने म घोकेर भन्दा पनि बुझेर पढ्ने गर्थे परीक्षा तयारीकै क्रममा विधालयले संचालन गरेको अतिरिक्त विषयगत कोचिन कक्षामा सहज र सरल तरिकाबाट शिक्षकहरुबाट पढाइन्थ्यो त्यसले पनि पढ्न र बुझन अझ सहज बन्यो र फलस्वरूप यो नतिजा प्राप्त गर्न सके ।
उनले भने बायोलोजिकल र गणित विषयमा बढी रुचि भएकाले अब यिनै विषय लिएर आफ्नै जिल्लामा पढ्ने योजना रहेको सुनाउदै पछी एमबिबिएस पढ्ने बताएका छन् ।

विधालयका प्राचार्य कृष्ण पौडेलले कृतिम भट्टराई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट थिए । उनको पढाईप्रतिको लगाव र मेहेनेतले नै आज विधालयले यो सफलता प्राप्त गर्न सकेको बताउनुभयो । विधालयमै होनहार विधार्थि भनेर परिचित कृतिमको सिकाईप्रति उत्सुकताले नै विधालयले परीक्षामा उत्कृष्ट नतिजा आउने अपेक्षा राखेको समेत बताउनुभयो ।
उहाँले गतबर्ष पनि एसईईको नतिजा हेर्दा नगरमै उत्कृष्ट अंक सहितको नतिजा प्राप्त गरेका थियौ अहिले नेपालमै सर्वोकृष्ट नतिजा ल्याएर जिल्ला प्रथम र नगर प्रथम भएको दाबी गर्दै शिक्षक, विधार्थि, अभिभावक लगायतको मेहेनतले नै विद्यालयले यो ठुलाे उपलब्धि प्राप्त गर्न सफल भएकोमा खुसी महसुस गरेको बताउनुभयो ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पाण्डेले विधालयले शिक्षाको गुणस्तरसँगै विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउदै प्रोत्साहन गर्दै आएको बताउदै आज नेपालमै सर्वोकृष्ट नतिजा ल्याएर विधालयलाई परिचीत गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।