ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
बुटवलमा १ महिने जुत्ता बनाउने तालिम सम्पन्न

बुटवलमा १ महिने जुत्ता बनाउने तालिम सम्पन्न

बुटवल ­ – सृजनशिल सहयात्री सार्की समाजको आयोजना तथा बुटवल उपमहानगरपालीकाको आर्थिक सहयोगमा बुटवलमा १ महिने जुत्ता बनाउने तालिम सम्पन्न भएको छ ।

उक्त समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालीकाका उपप्रमुख सावित्री देवि अर्यालले राज्यको पहुंचबाट टाढा रहेका समुदायकोे परम्परागत पेशाको सम्वद्र्धन,प्रवद्र्धन र व्यवसायीकीकरण गरि नयां पुस्तालाई सिप सिकाई स्वरोजगार तथा आर्थिक रुपमा सवल वनाउनका लागि बजेट विनियोजन गरि तालिम सञ्चालन गरेको बताईन ।
पछिल्लो समय युवाहरु रोजगारीको खोजीमा विदेशीने क्रम बढ्दो भएकाले युवाहरुलाई देशमै टिकाई राख्नका लागि विभिन्न किसीमका सिप सिकाई आयआर्जनमा आत्मनिर्भर बनाउनका लागि पालीकाले योजना बनाई काम गरेको बताईन । तालिममा सिकेको सिप मार्फत जुत्ता उत्पादन गर्दा टिकाउ, गुणस्तर, कम्फटेवल खालका उत्पादन गरि वजारमा अन्य जुत्ता कम्पनीहरु संग प्रतिस्पर्धा गर्ने खालका जुत्ता उत्पादन गर्नु अझै मेहनत गर्नुपर्ने भन्दै राम्रो सामान उत्पादन गर्न सके विक्रिका लागि बजारको अभाव नहुने बताईन । उनले आगामि दिनमा यस्ता कार्यमा सहकार्य गर्न बजेटको व्यबस्थापन गर्ने प्रतिवद्धता समेत जनाइन ।

विज्ञापन

कार्यक्रममा बुटवल उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुल्सा अर्याल, बुटवल उपमहानगरपालिकाका कार्यपालीका सदस्यहरु कृष्ण सुनार, सुनिता खड्लुक, दलित समन्वय समिति सह संयोजक रवि विक, सहयात्री वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि वहादुर वोमरेल, नेपाल दलित संघका केन्द्रिय सदस्य अर्जुन रसाइलीले पछिल्लो समयमा बजार चलायमान नहुदा उत्पादन भएका सामानहरु गोदाममा थन्काउनु परेको भन्दै अव राज्यले यसको वजारिकरणमा ध्यान दिनु पर्ने वताउदै तालिममा सिकेको सिपलाई व्यवहारमा लागु गरि आर्थिक रुपमा सवल हुन समेत आग्रह गरे ।

उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालीका सदस्य यम बहादुर सुनार, बसन्ति बिक, जागरण मिडिया सेन्टरका केन्द्रिय कोषाध्यक्ष जगलाल नेपाली लगाएतको उपस्थिती रहेको थियो ।
तालिममा १४ जना प्रशिक्षाथीको सहभागितामा तिनाउ शुज सेन्टरका प्रो. तुल वहादुर रुचाल र सहप्रशिक्षक विर वहादुर रोकाहाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष इन्द्रलाल वम्रेलको अध्यक्षता, सल्लाहकार हस्त हितङ्गको स्वागत तथा सचिब छवि वहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।