स्थानीय सरकार र सञ्चार माध्यमले सामाजिक समावेशिकरणका मुद्धालाई प्राथमिकता दिनु पर्नेमा जोड
बुटवल – जागरण मिडिया सेन्टर द्वारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सोमबार बुटवलमा सामाजिक समावेशिकरणका मुद्धामा स्थानीय सरकार र सञ्चार माध्यमको भूमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जातका आधारमा भेदभाब गर्नु कानुनी र मानवीय रुपमा अपराध भएको बताए । पुस्ता हस्तान्तरण हुँदै गर्दा विभेदका आयामहरु पनि परिवर्तन हुँदै आएको भन्दै विभेद विरुद्ध सरकारका तिनै तहले कानुन कार्यान्वयनमा जोड दिनु पर्ने र सरोकारवाला निकायले पनि निरन्तर खवरदारी गनुपर्नेमा जोड दिए । पोख्रेलले नेपालका हरेक परिवर्तनकारी आन्दोलनमा सञ्चारकर्मी र सञ्चार माध्यमले महत्वपुर्ण भुमिका खेलेको बताए । सञ्चार माध्यम सकरात्मक परिवर्तको पक्षधर भएकाले सबैप्रकारका विभेद विरुद्ध कलम चलाउदै आएको र आगामि दिनमा पनि निरन्तर समानता र संबृद्धिको पक्षमा वकालत गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु यम बहादुर सुनार, कृष्ण बहादुर सुनार ,सुनिता खड्लुक,बसन्ती बिकले दलित समुदायको सशक्तिकरण र उनिहरुको परम्परागत पेशा व्यबसायलाई आधुनिकीकरण ,संरक्षण र प्रवद्धन गर्नका लागि आगामि नीति तथा कार्यक्रममा समावेश गरि बजेट विनियोजन गर्ने बताए । त्यस्तै सरोकारवालाहरुको शुझाव,सल्लाह र मागका आधारमा छलफल गरि विभेद मुक्त पालिका निमार्णका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा रेडियो जागरणका तर्फबाट विनोद परियारले बुटवल उपमहानगरका असल अभ्यास अन्तर्गत तयार पारिएको बुटवल सेरोफेरो नामक कार्यक्रम र त्यसबाट प्राप्त निकर्षलाई जनप्रतिनिधि र सरोकारवालाहरुका विच प्रस्तुत गरेका थिए भने बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवालीले बुटवल उपमहानगरबाट दलित तथा सिमान्तकृत समुदायका सवालमा नीतिगत र बजेट कार्यक्रमका रुपमा समेटिएका बिषयहरुबारे प्रस्तुती राखेका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरु माया दर्नाल, अधिकारकर्मीहरु रिज्जु श्रेष्ठ ,लोकबहादुर नेपाली, गोकुल विश्वकर्मा, अधिवक्ता दीपा सुनार, मनु खड्का, पत्रकार टंक सुनार, ईन्सेक रुपन्देहीका प्रतिनिधि रीमा बि.सी,सकुन्तला गैरे लगायतले दलित जनप्रतिनिधिहरुले जातीय छुवाछुत अन्त्यका लागि ठोस कार्यक्रम ल्याउनुपर्नेमा सुझाव दिएका थिए ।
कार्यक्रम जागरण मिडिया सेन्टरका कोषाध्यक्ष जगलाल नेपालीको अध्यक्षता, कार्यक्रम संयोजक विरेन्द्र कुवंरको स्वागत मन्तव्य तथा समाचार संयोजक अम्बिका परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्