बुटवलले मनायो १८ औं जातिय छुवाछूत उन्मुलन राष्ट्रिय दिवस

बुटवलले मनायो १८ औं जातिय छुवाछूत उन्मुलन राष्ट्रिय दिवस

बुटवल – तिनै तहको सरकारको सन्देश , जातिय भेदभावको पुर्ण बन्देज भन्ने मुल नाराका साथ बुटवल उपमहानगरपालिकाको आयोजनामा १८ औं जातिय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बिगत देखि चलिआएको हानिकारक मूल्य मान्यताहरुमा बिस्तारै सकारात्मक परिवर्तन हुँदै आएको बताए । उनले बुटवललाई हरेक प्रकारका विभेद मुक्त सहर बनाउनका लागि सबिधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न गराउनका लागि स्थानीय सरकारले पालिकामा रहेका हरेक सरोकारवाला निकाय सङ्ग हातेमालो गरि दलित समुदायको पुख्र्यौली पेशालाई ब्यबस्थित, संरक्षण र प्रवर्द्धन गर्नका लागि पालिकाले आ. व.को निति तथा कार्यक्रममा समावेश गरि बजेट विनियोजन गर्ने प्रतिवद्दता समेत जनाए ।

कार्यक्रमका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सबवित्रादेवी अर्याले विभेद विरुद्ध सबैले हातेमालो गनुृ पर्नेमा जोड दिदै बुटवलबाट त्यसको सन्देसन फैलाउनका लागि दलित तथा गैरदलित समुदायले एक आपसमा सकरात्मक सोचको विकास गरि समाज परिवर्तनका लागि एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताईन ।

कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै कार्यपालिका सदस्य यम बहादुर सुनारले संविधानले दिएको अधिकार व्यबहारमा परिवर्तन ल्याउनका लागि सरकार र सरोकारवला निकाय सबैले पहल गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै दलित मुक्ति मोर्चा रुपन्देहीका सचिब प्रकाश परियार, नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सी , बुटवल सुनचाँदी व्यावसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्मा ,लगाएतले बोल्दै थरका आधारमा गरिने विभेदलाई न्यूनीकरणका लागि सरकारका तिनै तहले कानुन कार्यान्वयन गर्न र छुवाछूत गर्नेलाई कार्वाहीको दायरा ल्याउन माग गरेका छन ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवि अर्यालको अध्यक्षता , कार्यपालिका सदस्य सुनिता खडलुकको स्वागत मन्तब्य तथा कार्यपालिका सदस्य कृष्ण बहादुर सुनार को सन्चालनमा सम्पन्न भएको थियो ।