बुटवल सञ्चालित ३ दिने कानुनी साक्षरता तालिम सम्पन्न
- epratibimba .com
- २०८१ जेष्ठ २०
- 482 views
बुटवल – लुम्बिनी कानुनी अनुसन्धान केन्द्रको आयोजना तथा बुटवल उपमहानगरपालीकाको सहयोगमा बुटवलमा अल्पसंख्यक ,दलित, मुस्लिम र पिछडा वर्गका महिलाहरुका लागि सञ्चालित ३ दिने कानुनी साक्षरता तालिम सम्पन्न भएको छ ।

उक्त समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालीकाका नगर प्रमुख खेलराज पाण्डेयले राज्यको पहुंचबाट टाढा रहेका नागरिकहरुको सशक्तिकरणका लागि अहिले सरकारका तिनै तहले विभिन्न शिर्षकमा बजेट विनियेजन गरि कार्यक्रम गरिरहेको भन्दै यि कार्यक्रमहरुमा सहभगि बन्नका लागि नागरिकहरुलाई आग्रह गरे । पाण्डेयले अधिकार मागेर पाईदैन खोसेर लिनु पर्छ भन्दै आफनो अधिकार प्राप्तिका लागि स्वयम लक्षित वर्ग र समुदायका व्यक्तिहरु संगठित भै सरकार र सरोकारवाला निकायलाई निरन्तर खवरदारी गर्नुपर्नेमा जोड दिदै संविद्यानले दिएको अधिकार प्रयोग र राज्यका हरेक तहमा आफनो समुदायको पहुंच पु¥र्याउनका निम्ती सबैले पहल गर्नुपर्ने बताउदै उक्त कार्यमा बुटवल उपमहानगरपालीका सदैव सकरात्मक रहेको बताए । साथै आगामि दिनमा पनि यि र यस्ता कार्यमा सदैव सहकार्य गर्न बजेटको व्यबस्थापन गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका समाज कल्याण तथा आर्थिक महाशाखा अन्तर्गत सामाजिक परिचालन ,संघसस्था तथा अन्तर सरकार समन्वय शाखा प्रमुख उपनिर्देशक दामोदर ज्ञवालि, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य पुष्पराज ढकाल, बुटवल उपमहानगरपालिकाका कार्यपालीका सदस्यहरु यम बहादुर सुनार बसन्ति बिक, सुनिता खड्लुक, सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

३ दिने तालिममा बुटवल उपमहानगरपालिका कार्यपालीका सदस्य तथा १९ वटै वडाका दलित महिला सदस्यहरु,अल्पसंख्यक ,दलित, मुस्लिम र पिछडा वर्गका ५० जना महिलाहरुको सहभागिता रहेको थियो भने कानुनी साक्षरता अन्तरगत विभिन्न शिर्षकमा अधिबक्ताहरुद्धारा सहजीकरण गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष अधिबक्ता मदन कुमार पुनको अध्यक्षता , उपाध्यक्ष अधिबक्ता दामोदर घिमिरेको स्वागत तथा सचिब अधिबक्ता अनुप पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्