सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता

सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता

सैनामैना – सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिवृद्धिका लागि साक्षरता कार्यक्रम गरिएको क्याम्पसले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमले विद्यार्थीहरुमा ज्ञानको दायरा बढाउने क्याम्पसले विश्वास लिएको छ ।

कार्यक्रम क्याम्पस व्यवस्थापन संकायतर्फका प्रमुख गणेश पोखरेलको अध्यक्षता, क्याम्पस प्रमुख हेमबहादुर थापाको प्रमुख आतिथ्यता तथा सहायक क्याम्पस प्रमुख जगलाल गिरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नयाँगाउँ शाखाका म्यानेजर अशोक रानाको आतिथ्यतामा भएको हो ।

करिब १ सय जना विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नयाँगाउँ शाखाका म्यानेजर अशोक रानाले बैंक तथा वित्तीय क्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक प्राध्यापक सागर ज्ञवालीले गर्नुभएको थियो ।