गोरखनाथ सामुदायिक सिकाई केन्द्रको साधारणसभा सम्पन्न

गोरखनाथ सामुदायिक सिकाई केन्द्रको साधारणसभा सम्पन्न

 

सैनामैना – गोरखनाथ सामुदायिक सिकाई केन्द्र सैनामैनाको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । सैनामैनाको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले शिक्षाको उज्यालो ज्योतिबाट कोहि बन्चित हुन नपरोस भनेर नै महिला बिधालयको स्थापना गरिएको भन्दै सिकाई केन्द्रको चौतर्फी बिकासका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनु भयो ।

विज्ञापन

विशिष्ट अतिथी सैनामैना नगर उपप्रमुख बिना रानाले एउटा महिला शिक्षित भए परिवार नै शिक्षित हुने भन्दै पहिला शिक्षाको अवसरबाट बन्चित भएका महिलाहरुले पढ्ने चाहाना राखेको खण्डमा नगरपालिकाले पढ्न सहयोग गर्ने बताउनु भयो ।
निवर्तमान नगर प्रमुख चित्र ब कार्कीले महिला सशक्तीकरणका लागि बिधालयको स्थापना गरिएको भन्दै शिक्षाको पहुँचबाट टाढा रहेका किशोरी, युवती तथा प्रौढ महिलाहरुलाई शाक्षर बनाउने अभियानमा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा केन्द्र कि अध्यक्ष लता खड्काले सस्था स्थापना गर्दा अनेक समस्या परेकाले समस्या समाधानका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा महिला बिधालयको बिकासका लागि पार्टी भन्दा माथी उठेर हातेमालो गर्नुपर्नेमा जोडदिनुभयो । साथै आगामी ३ महिना भित्र सस्थाको बिधान सम्मेलन गरि नयाँ समिती गठन गर्ने पनि जानकारी दिनुभयो ।

कार्यक्रममा सैनामैना शिक्षा शाखा प्रमुख हेमराज अर्याल ,वडा न ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी ,वडा न ६ का वडा अध्यक्ष गोपाल पोख्रेल , सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रमुख हेमन्त राना , मेचीमहाकाली सयुक्त आवाज बाग्मती प्रदेशका सल्लाहकार कल्पना खड्का पौडेल तथा विभिन्न राजनीतिक दल तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र सिकाई केन्द्रमा रहेका महिला विधालयका बिद्यार्थीरुको सहभागीता रहेको थियो ।

कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष लता खड्काको अध्यक्षता, चन्द्रमा पौडेलको स्वागत मन्तब्य तथा सामाजिक परिचालिका सिर्जना न्यौपानेको सन्चालनमा सम्पन्न भएको हो ।