जनयुद्धका कमाण्डर देखि सभामुखसम्मको यात्रामा घर्ती

जनयुद्धका कमाण्डर देखि सभामुखसम्मको यात्रामा घर्ती

जनयुद्धका कमाण्डर देखि सभामुखसम्मको यात्रामा घर्ती

अम्बिका परियार

विज्ञापन

३ माघ २०७९

बुटवल – लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध रुपमा निर्वाचित तुलाराम घर्ती(बसन्त) माओवादी जनयुद्धका कमाण्डर समेत हुन । रोल्पा जिल्लाको तत्कालिन खुमेल गाविसमा आमा अम्मुदेवी घर्तीमगर र वुवा चित्रमान घर्तीमगरको कोखबाट एक मात्र सुपुत्र रुपमा तुलाराम घर्ती मगरको २०२५ साल साउन १५ गते जन्मिएका अनेक आरोह अबरोह पार गर्दै घर्ती २०४२ मा सपरिवार बसाइसराई गरी साविक कपिलबस्तुको शिवगढी हालको शिवराज नगरपालिका–९ मा बसाईसरी आएका थिए भने २०६८ सालमा त्यँहाबाट पनि बसाइ सरेर पाल्पाको तिनाउ गाउँपालिका–३ मा स्थायी बसोवास रहेको छ ।

२०४४ सालमा एसएलसी पास गरेपछि तत्कालिन अनेरास्ववियूको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०४५ सालदेखि ०५० सम्म शिवगढी प्रावि विजगढीको संस्थापक प्रअ भएर शिक्षण पेशामा आबद्ध उनि २०४६ सालदेखि बाम राजनीतिक आन्दोलनमा सक्रिय रहनुका साथै २०४८ साल असोज ३० गते शिवगढी गाविसको तुरुन्तपुरमा काँग्रेसीहरु संगको भिडन्तमा गम्भिर घाइते भएका थिए ।२०४७ सालदेखि शिवनगर सांस्कृतिक परिवार शिवगढीको सचिव, शिक्षक संगठनमा आवद्धता, २०५० सालमा काँग्रेस सरकारबाट सार्वजनिक अपराजको मुद्धा हुदै अर्धभूमिगत, नेकपा मशालको २०४७ देखि पार्टी सदस्य, २०४८ सालमा एरिया कमिटि सदस्य हुँदै भूमिगत भई प्रवासबाटै राजनीतिमा क्रियाशिल रहेका थिए ।

नेपालमा माओवादी सशस्त्र द्धन्द शुरु भए संगै घर्ती र उनकी श्रीमती जानुका घतीर्ले १० वर्ष भूमिगत जीवन बिताएका थिए । नयां नेपाल निर्माणको अभियान तथा सशस्त्र आन्दोलनमा होमिएका घर्ती मगरले पटक पटक ज्यानलाई जोखिममा राखेर जनताको पक्षमा वकालत गर्ने मैदानलाई प्रयोग गरिरहे ।
२०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ति २०५३ देखि नेपाल आएर कपिलवस्तुदेखि भूमिगत भए । २०५३ सालको माघमा भुमिगत बनेका घर्ति २०६२ सालसम्म भूमिगत बनेका थिए ।
२०५४ चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा भएका घर्ति २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए । २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष,यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पाल्पा पार्टी सचिव, २०६१ मा रूपन्देही इन्चार्ज भएर काम गरे । साथै २०६२ मा जनआन्दोलन दाङ देउखुरी कमाण्ड इन्चार्ज भएका घर्ति २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य उम्मेदवार बनेका थिए ।

२०६५ सालमा मगरहरुको साझा संस्था नेपाल मगर संघको केन्द्रिय महासचिब भएका घर्ति २०७० सालमा मगर संघको केन्द्रिय उपाध्यक्ष बन्न सफल भएका थिए । २०७० सालमा नेकपा माओवादीको केन्द्रिय सदस्य बनेका घर्ती २०७४ साल प्रदेशसभाको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २(ख) बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित भएका हुन् ।

घर्ती २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि केन्द्रिय सदस्य बनेका थिए । नेकपा विभाजन पछि घर्ती नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेत हुदै २०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ती पोलिटव्युरो सदस्यमा चयन भए संगै घर्ती पाल्पा जिल्लाको माओवादी इन्चार्ज हुन् । ४ मंसिर २०७९ मा भएको प्रदेशसभाको निर्वाचनमा घर्ती पुनः पाल्पा २ (ख) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचत भए ।
सत्तागठबन्धनको भागबन्डा अनुसार लुम्बिनी प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति भएको थियो । सभामुखमा माओवादीका तुलाराम घर्तीको उम्मेदवारी परेपछी उनि निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।एसएलसी सम्म अध्ययन गरेका सभामुख घर्ती माक्सवादी राजनीतिका प्रखर वक्ता, कशुल लेखक, अध्येता र राजनीतिक वैचारिक स्कुलिङ्गका प्रखर वक्ताका रुपमा चिनिएका चिनिन्छन् । सभामुख घर्तीका श्रीमती, २ छोरी र एक छोरा छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता