सैनामैना ७ को वडा अध्यक्षमा उम्मेद्वारी दिएका माओवादी केन्द्रका रोमनाथ न्यौपाने को हुन ?

सैनामैना ७ को वडा अध्यक्षमा उम्मेद्वारी दिएका माओवादी केन्द्रका रोमनाथ न्यौपाने को हुन ?

१७ बैशाख २०७९

अम्बिका परियार

सैनामैना नगरपालिका वडा न. ७ मा नेकपा माओवादी केन्द्रका रोमनाथ न्यौपानेले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन ।सैनामैनाका अन्य वडामा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेको भएपनि वडा न. ७ मा भने आ आफनो अस्तित्व स्वीकार गर्दै एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

को हुन रोमनाथ न्यौपाने ?

सामान्य,सरल तर हक्की स्वभावका रोमनाथ न्यौपाने सैनामैना नगरपालीका वडा न ७ का अध्यक्षको दावेदार छन । वि.सं २०४०–०२–१० गते बुबा कृष्णप्रसाद न्यौपाने र आमा शिवकला न्यौपानेको कोखबाट पाणिनी गाउँपालिका, मैदान–५ अमुजा, अर्घाखाँचीमा भएको हो ।

उनले औपचारिक शिक्षाको सुरुवात २०४८ सालमा श्री अमर प्राथमिक विधालयबाट प्राथमिक शिक्षा , श्री कृष्ण माध्यमिक विधालयबाट माध्यमिक तह र हरिहर उच्च माध्यमिक विधालयबाट उच्च मा.वि तह उत्तिर्ण गरेका हुन् । अध्ययनकै सिलसिलामा सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसबाट स्नातक तह २०६५ सालमा र २०६९ सालमा सोही क्याम्पसबाट स्नातोत्तर गरेका उनि राजीनितमा थप सक्रिय भएका हुन । यसरी स्नातोक्तर गरेका रोमनाथले २०६७–०५–०७ देखि २०७८–१२–३० सम्म श्री सरस्वती मा.वि मा अध्यापन समेत गरेका छन् ।समाजसेवा र राजनीतिमा रुचि राख्ने रोमनाथले २०५६ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरे र २०५८ सालमा जनादेश गा.स.को अखिल(क्रान्तिकारी) सेक्रेटरीको जिम्मेवारी वहन गरेका थिए ।२०६२–११–१६ गते सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसका भएको स्ववियुको चुनावमा उपसभापतिको रुपमा पदभार ग्रहण गरि जिम्मेवार वहन गरे । उनले २०६२÷६३ सालको जनआन्देलनको विधार्थी मोर्चाको संयोजक भएर काम गरे । अनेरास्ववियुको क्षेत्र नं.५ को इन्र्चाज, जिल्ला सचिवालय सदस्य र महाधिवेशनको प्रतिनिधी समेत भएका थिए ।

राजनीतिमा २०५६ सालदेखि सक्रिय रुपमा रहेका रोमनाथले २०६६ सालमा अखिल(क्रान्तिकारी) को जिल्ला सदस्य, नेकपा(माओवादी केन्द्र)को दुधराक्ष गाउँ कमिटी सह–सचिवको जिम्मेवारीका रहेर काम गरे ।२०६७ मा शैक्षिक क्षेत्रको अध्ययन संगसगैं अखिल नेपाल शिक्षक संगठनको जिल्ला सचिवालय सदस्य हुदैं पार्टीको जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठनको लुम्बिनी प्रदेश सचिवालय सदस्य, केन्द्रिय परिषद सदस्य, राहत शिक्षक विभागको केन्द्रिय सचिवको जिम्मेवारी पुरा गरे । नेकपा(माओवादी केन्द्र) रुपन्देही क्षेत्र नं. ५ को सचिव हुन् । नेपालको विभिन्न आन्दोलनहरु र परिवर्तनहरुमा अग्रपंक्तिमा रहेर सहभागिता जनाउने रोमनाथ राजनीतिमा निष्ठाका साथ लागेकाले कहिल्यै गलत नेतृत्वको पक्षपोषण समेत गरेनन ।
राजनैतिक पार्टी, संगठनमा मात्रै नभएर सामाजिक सघंसस्थाहरुमा समेत निकै सक्रिय छन् । तिनाउ लुुुम्बिनी सामुदायिक पुस्तकालयको संस्थापक हुँदै सचिव, बासँगढी खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको कार्यसमितिमा सदस्यदेखि सह–सचिवसम्म १० वर्षसम्म समितिमा रही काम गरेका छन् ।

जनप्रिय स्पोर्टिङ युवा क्लबको सचिव पदको जिम्मेवारी वहन गर्दै विभिन्न विकास निर्माणका कार्यहरु समितिहरुमा रहेर काम गरेका छन् ।गरिब, मजदुर, अनाथहरुलाई विशेष सहयोग, कोभिड १९ नियन्त्रणको क्रममा विभिन्न शिविरमा बसेकाहरुलाई खाजाको व्यवस्थापन तथा प्राथमिक उपचारको लागि आर्थिक सहयोग पनि गरेका थिए ।कोभिड महामारीमा राहत संकलन तथा वितरण, पिडित परिवार र जोखिममा परेकाहरुलाई विशेष सहयोग गरेका छन् ।स्वच्छ छवि भएका न्यौपानेले यति बेला भने सैनामैना नगरपालिका वडा नं.७ बाट अध्यक्ष पदका उम्मेद्धारी दिएका छन् । उनले ‘सैनामैना ७ लाई स्वच्छ सुन्दर र मानव मैत्री बनाउने दृढ सकल्प सहित चुनावी मैदानमा होमिएको बताए ।’