सैनामैनाको गोरखनाथमा प्रंशसनीय दृष्ट्रिकोण कार्यक्रम सम्पन्न
- epratibimba .com
- २०७८ पुष २६
- 847 views
२६ पुष २०७८
अम्बिका परियार
सैनामैना — गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना ,मेचिमहाकाली संयुक्त बुहारी आवाज रुपन्देहिको सहआयोजना र सैनामैना नगरपालिकाको समन्वयमा गोरखनाथ सामुदायिक सिकाई केन्द्र द्धारा सञ्चालित महिला विद्यालयमा प्रंशसनीय दृष्ट्रिकोण सम्बन्धि एक दिने प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षणत्मक कार्यक्रममा अधिकारकर्मि पोमनारायण पौडेलले दैनिक जीवनमा आईपर्ने जटिलताहरुलाई सहज कसरी बनाउन सकिन्छ , व्यबहारमा सकरात्म परिवर्तन ल्याउन के गर्नु पर्छ ,व्यक्ति र परिवार बिच बलियो सम्बन्ध बनाउन कसरि सकिन्छ लगाएतका बिषयमा सहजीकरण गर्नु भएको थियो । घर भित्रै हुने महिला हिंशा न्यूनिकरणका लागि पनि परिवारमा आमाको भुमिका धेरै हुने भएकाले प्रत्येक घरमा महिलाहरुमा सकरात्मक सोचको बिकास हुनु पर्नेमा जोड दिनुका साथै महिलाहरु आर्थिक रुपमा बलियो बन्नका लागि सामुहिक उत्पादनमा जोडिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा महिला बिद्यालयकी अध्यक्ष लता खड्काले महिलाहरुको चौतर्फि बिकासका लागि घर परिवारबाट नै शुरु गर्नु पर्ने बताउनु भयो । उहांले जब सम्म महिला शिक्षित हुदैनन् तब सम्म समाज परिवर्तन गर्न नसकिने भन्दै समाजमा रहेका विभेदकारी नीति नियम र संस्कारका बिरुद्ध सबैले हातेमालो गर्न आग्रह गर्नु भयो । किशोरावस्था आउने परिवर्तनमा सहजीकरण गर्न आमाको महत्वपुर्ण भुमिका हुने भएकाले पुरानो चिन्तनलाई हटाएर समय अनुसार परिवर्तन हुदै किशोरीहरुको वृद्धि र विकासमा सहयोग पुर्याउनु पर्नेमा जोड दिनु भयो ।महिला सशक्तिकरणका लागि सैनामैना नगरपालिकाले गरेको कामलाई नगरबासी सबैले हातेमालो गर्नु पर्ने समेत बताउनु भयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराजअर्याल ,सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसका प्रमुख यदुलाल पन्थ ,मेची महाकाली संयुक्त बुहारी आवाज रुपन्देहिका पदाधिकारीहरु , महिला बिद्यालयका बिद्यार्थी तथा स्थानिय आमा समुह तथा किशोरीहरु गरि ६० जनाको सहभागिता रहको उक्त कार्यक्रममा बिद्यालयकी अध्यक्ष लता खड्काको अध्यक्षता तथा महिला बिद्यालयकी शिक्षिका सिर्जना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्