सैनामैनाको गोरखनाथमा प्रंशसनीय दृष्ट्रिकोण कार्यक्रम सम्पन्न

सैनामैनाको गोरखनाथमा प्रंशसनीय दृष्ट्रिकोण कार्यक्रम सम्पन्न

२६ पुष २०७८

अम्बिका परियार

विज्ञापन

सैनामैना — गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना ,मेचिमहाकाली संयुक्त बुहारी आवाज रुपन्देहिको सहआयोजना र सैनामैना नगरपालिकाको समन्वयमा गोरखनाथ सामुदायिक सिकाई केन्द्र द्धारा सञ्चालित महिला विद्यालयमा प्रंशसनीय दृष्ट्रिकोण सम्बन्धि एक दिने प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षणत्मक कार्यक्रममा अधिकारकर्मि पोमनारायण पौडेलले दैनिक जीवनमा आईपर्ने जटिलताहरुलाई सहज कसरी बनाउन सकिन्छ , व्यबहारमा सकरात्म परिवर्तन ल्याउन के गर्नु पर्छ ,व्यक्ति र परिवार बिच बलियो सम्बन्ध बनाउन कसरि सकिन्छ लगाएतका बिषयमा सहजीकरण गर्नु भएको थियो । घर भित्रै हुने महिला हिंशा न्यूनिकरणका लागि पनि परिवारमा आमाको भुमिका धेरै हुने भएकाले प्रत्येक घरमा महिलाहरुमा सकरात्मक सोचको बिकास हुनु पर्नेमा जोड दिनुका साथै महिलाहरु आर्थिक रुपमा बलियो बन्नका लागि सामुहिक उत्पादनमा जोडिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा महिला बिद्यालयकी अध्यक्ष लता खड्काले महिलाहरुको चौतर्फि बिकासका लागि घर परिवारबाट नै शुरु गर्नु पर्ने बताउनु भयो । उहांले जब सम्म महिला शिक्षित हुदैनन् तब सम्म समाज परिवर्तन गर्न नसकिने भन्दै समाजमा रहेका विभेदकारी नीति नियम र संस्कारका बिरुद्ध सबैले हातेमालो गर्न आग्रह गर्नु भयो । किशोरावस्था आउने परिवर्तनमा सहजीकरण गर्न आमाको महत्वपुर्ण भुमिका हुने भएकाले पुरानो चिन्तनलाई हटाएर समय अनुसार परिवर्तन हुदै किशोरीहरुको वृद्धि र विकासमा सहयोग पुर्याउनु पर्नेमा जोड दिनु भयो ।महिला सशक्तिकरणका लागि सैनामैना नगरपालिकाले गरेको कामलाई नगरबासी सबैले हातेमालो गर्नु पर्ने समेत बताउनु भयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराजअर्याल ,सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसका प्रमुख यदुलाल पन्थ ,मेची महाकाली संयुक्त बुहारी आवाज रुपन्देहिका पदाधिकारीहरु , महिला बिद्यालयका बिद्यार्थी तथा स्थानिय आमा समुह तथा किशोरीहरु गरि ६० जनाको सहभागिता रहको उक्त कार्यक्रममा बिद्यालयकी अध्यक्ष लता खड्काको अध्यक्षता तथा महिला बिद्यालयकी शिक्षिका सिर्जना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।